
गुवाहाटी, 13 जुलाई (हि.स.)। असम सरकारले नशालु पदार्थहरूको विरोधमा अत्यन्त कड़ा नीति अप्नाएको छ। राज्यका मन्त्री पीयूष हजारिकाले सोमवार विधानसभामा यस आशयको जानकारी गराए।
मानकाचरबाट कङ्ग्रेस विधायकको प्रश्नको उत्तर दिँदै मन्त्री हजारिकाले भने, 12 वर्षअघिको तुलनामा हालका वर्षहरूमा ड्रग्ससित सम्बन्धित मामिलाहरूमा लगभग दश गुणा वृद्धि दर्ता गरिएको छ। उनले भने, वर्ष 2021-देखि नै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको दृढ़ इच्छाशक्ति औ सङ्कल्पको कारणले ड्रग्सको विरोधमा व्यापक स्तरमा ममिला दर्ता गरिँदैछ।
मन्त्रीले सदनलाई बताए, पछिल्लो पाँच वर्षभित्रमा औसतन लगभग 100 किलोग्राम हेरोइन जफत गरिएको छ। सरकारले नशाको व्यापारलाई जरैबाट निमिट्यान्न पार्नको लागि लगातार कड़ा कारबाही गरिरहेको छ भने भविष्यमा पनि यो अभियान पूर्ण कड़ाईको साथमा जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा