असमः पूठी नदीको रिङ्ग बाँध भत्किएर 6 वटा गाउँ जलमग्न
असमः पूठी नदीको रिङ्ग बाँध भत्किएर 6 वटा गाउँ जलमग्न


जोरहाट (असम), 13 जुलाई (हि.स.)। जोराहाट जिल्लान्तर्गत टियक क्षेत्रमा सोमवार भोर बिहान आएको बाढ़ीले लगभग 6 वटा गाउँहरू पानीमा डुबेका छन्। बाढ़ीको कारणले ग्रामीणहरूको जनजीवन पूर्ण रूपले प्रभावित भएको छ।

बाढ़ी प्रभावित ग्रामीणहरूबाट प्राप्त जानकारी अनुसार पूठी नदीको रिङ्ग बाँध भत्किएको कारणले बलमा क्षेत्रका लगभग 6 वटा गाउँ बाढ़ीको पानी पसेको छ। ग्रामीणहरूको घर तथा खेतहरू जलमग्न भएका छन्। खानपानको सामान, सुत्ने ओछ्यान सहित अन्य सामग्रीहरू पानीमा डुबेका छन्।

ग्रामीण अनुसार उनीहरूको घरमा पालिएका केही पशुहरू पनि पानीमा बगाएका छन्। ग्रामीणहरू सुरक्षित आश्रयको खोजीमा अग्ला-अग्ला ठाउँहरूमा पलायन भइरहेका छन्। यसको सूचना पाउनसाथ जिल्ला प्रशासन अनि अन्य प्रशासनिक टोलीहरू राहत एवं बाउ कार्यको लागि प्रस्थान भइसकेका छन्।

ग्रामीणहरूको भनाइ छ, हरेक वर्ष नै बर्खायाममा प्रायजसो स्थिति यस्तै हुन्छ। उनीहरूले आरोप लगाए, जर्जर बाँधको मरम्मत नगरिएको कारणले रिङ्ग बाँध भत्किएको हो परिणामस्वरूप यस्तो स्थिति उत्पन्न भएको हो। ग्रामीणहरूले बाढ़ीबाट छुटकारा पाउनको लागि सरकारसित स्थायी समाधान गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande