
गुवाहाटी, 13 जुलाई (हि.स.)। असम विधानसभामा प्रश्नकाल अवधि केही विधायकहरू अनुपस्थित रहेका कार संसदीय कार्य मन्त्री पीयूष हजारिकाले सोमवार चिन्ता व्यक्त गर्दै भने, यसबाट सदनको बहुमूल्य समय नष्ट भइरहेको छ। उनले भने, केही विधायकहरू प्रश्न सोध्ने सूचना दिइएको भए पनि सदनमा उपस्थित हुँदैनन् जसले गर्दा विधानसभाको कारबाही प्रभावित हुन्छ।
पीयूष हजारिकाले यस्ता विधायकहरूविरूद्ध उचित कारबाही गर्ने माग गर्दै विधानसभा अध्यक्ष रञ्जीत कुमार दासलाई हस्तक्षेप गर्ने आग्रह गरे। यसमा अध्यक्ष दासले सबै दलहरूका नेताहरूसित आ-आफ्ना विधायकहरूको उपस्थिति सुनिश्चित गर्ने अनि आवश्यक कदम उठाउने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा