प्लास्टिक स्क्र्याप गोदाममा भीषण आगलागी, करोड़ौंको नोक्सान भएको अनुमान
प्लास्टिक स्क्र्याप गोदाममा भीषण आगलागी, करोड़ौंको नोक्सान भएको अनुमान


जलपाईगुड़ी, 13 जुलाई (हि. स.)। जिल्लाको मयनागुड़ी नगरमा सोमवार भोर बिहान एक प्लास्टिक स्क्र्याप गोदाममा भयानक आगो लाग्यो। आगो भोर बिहान साढ़े तीन बजे वार्ड नम्बर चारस्थित दाड़ीभिजा क्षेत्रमा अवस्थित गोदाममा लागेको हो। स्थानीय मानिसहरूले गोदाममा ह्वार-ह्वारती बलिरहेको आगोसँगसँगै कालो धुँवाको मुस्लि निक्लिरहेको देखेर तत्काल दमकल विभागलाई सूचना दिेए।

सूचना पाउनसाथ मयनागुड़ी फायर स्टेशनबाट दमकलका वाहनहरू घटनास्थलमा पुगे। आगोको भयानक रूपलाई देखेर धुपगुड़ी फायर स्टेशनबाट पनि अतिरिक्त दमकल वाहनलाई बोलाइयो। मोठ तीन वटा दमकल वाहनहरू सहित दमकलकर्मीहरूले तीन घण्टाभन्दा अधिक समयसम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। यद्यपि आगोले नजिकैको आवासीय घरलाई पनि आफ्नो चपेटमा लिसकेको थियो जसले गर्दा घरको एक भाग क्षतिग्रस्त भएको छ। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।

गोदामका मालिक बाबाई चाकी अनुसार आगलागीमा प्रचुर मात्रामा प्लास्टिकका स्क्र्याप तथा केही महँगो मशिनहरू जलेर खरानी भएको छ। प्रारम्भिक अनुमामा यस दुर्घटनामा करोड़ौं रुपियाँको नोक्सान भएको छ। दमकल अधिकारीहरूले बताए, आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। शर्ट सर्किट वा अन्य कारणले आगा लागेको हो, जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande