पश्चिम मेदिनीपुरमा सड़क दुर्घटना तथा ग्यास दुर्घटनामा पाँच जनाले गुमाए ज्यान
पश्चिम मेदिनीपुरमा सड़क दुर्घटना तथा ग्यास दुर्घटनामा पाँच जनाले गुमाए ज्यान


पश्चिम मेदिनीपुर, 13 जुलाई (हि.स.)। जिल्लामा गए आइतवार भएका भिन्न-भिन्न दुर्घटनाहरू जस्तै विषालु ग्यास, सड़क दुर्घटना तथा राष्ट्रिय राजमार्गमा गाईको मृत्युलाई लिएर विरोध प्रदर्शनहरू भइरहेको समाचार प्राप्त भएको छ। यी घटनाहरूमा पाँच जना मानिसहरूको मृत्यु तथा अन्य केही घाइते भएको बताइएको छ।

जिल्लाको नारायणगढ़ थाना अधिनस्थ कुसुमपुर क्षेत्रमा पोक्तापोल-दशग्राम ग्रामीण सड़कमा गए आइतवार मोटरसाइकल र मालवाहक इञ्जिन ट्रली आपस्तमा ठोक्किएर सबङ्ग थाना क्षेत्रको डाडरा गाउँ निवासी प्रशान्त पाड़ीको घटनास्थलमै मृत्यु भयो। यस घटनामा मोटरसाइकलमा सवार अर्को व्यक्ति र इञ्जिन ट्रली चालक घाइते भए। सूचना पाएर पुलिसले घाइतेहरूलाई मकरामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरायो भने दुर्घटनाग्रस्त वाहनहरूलाई जफ्त गरेर मामिलाको जाँच गर्न शुरू गरेको छ।

यसबीच चन्द्रकोणा-दुई विकास खण्ड अन्तर्गत कृष्णपुर क्षेत्रको गोयाडाङ्गा गाउँमा एउटा घरको शौचालय च्याम्बरमा काम गर्ने क्रममा विषालु ग्यासको चपेटमा परी पिता-पुत्रको मृत्यु भयो भने अन्य दुई जना मानिसहरू अस्वस्थ भए जसलाई उपचारको लागि अस्पतालमा भर्ती गरिएको छ।

पुलिसले शवहरूलाई पोस्टमार्टम गर्नको लागि पठाएर मामिलाको जाँच गर्न शुरू गरेको छ। प्राथमिक अनुमानमा च्याम्बरमा जमा भएको विषालु ग्यासको कारणले यो दुर्घटना भएको हो।

यसरी नै दाँतनको घोलाई मोड़स्थित राष्ट्रिय राजमार्ग संख्या-16 मा एउटा द्रूत गतिको भारी वाहनको ठक्करले एउटा गाईको मृत्यु भयो। घटनाको विरोधमा बजरङ्ग दलका कार्यकर्ताहरूले राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरे। यस अवरोधको कारणले केही समयसम्म यातायात प्रभावित भयो। सूचना पाएर दाँतन थाना पुलिस घटनास्थलमा पुग्यो अनि प्रदर्शनकारीहरूसित वार्ता गरेपछि स्थितिलाई सामान्य बनायो। स्थानीय मानिसहरूले राजमार्गमा भारी वाहनहरूको गति नियन्त्रण गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande