
गुवाहाटी, 13 जुलाई (हि.स.)। असम सरकारका मन्त्री विश्वजीत दैमारीले आरोप लगाए, मेघालय सरकारद्वारा यूएसटीएमको अवैध निर्माणलाई अनुमति दिइएको कारणले जोराबाट र गुवाहाटीका केही क्षेत्रहरूमा कृत्रिम बाढ़ीको भयानक स्थिति उत्पन्न भएको छ। दैमारीले आज असम विधानसभाको बजट सत्रमा भाग लिन जाँदा पत्रकारहरूसित बातचित गरिरहेका थिए।
दैमारीले भने, अवैध निर्माणविरूद्ध सरकारले कड़ा कारबाही गर्नुपर्छ। उनले भने, पर्यावरण तथा निर्माण सम्बन्धी नियमहरूको उल्लङ्घनलाई कुनै पनि स्थितिमा स्वीकार गरिनेछैन।
कङ्ग्रेसलाई लक्षित गर्दै मन्त्रीले भने, एकातिर कङ्ग्रेसले यस मुद्दामा घृणित राजनीति गरिरहेको छ भने अर्कोतिर सरकार अवैध निर्माणविरूद्ध कठोर कारबाही गर्नको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा