
झाड़ग्राम, 13 जुलाई (हि.स.)। जिल्लामा गए आइतवार राती बालुवा खदानका दुई जना कर्मीहरूमाथि अज्ञात उपद्रवीहरूले गोली दागे। यस घटनामा गम्भीर रूपमा घाइते दुवै कर्मीहरूलाई झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटनापछि क्षेत्रमा भय अनि चर्चाको वातावरण सृजना भएको छ।
पुलिस सूत्र अनुसार घाइते युवकहरूको पहिचान अमित मण्डल र शुभदीप घोषको रूपमा गरिएको छ। दुवै मूल रूपमा राज्यको दुबराजपुर थाना अन्तर्गत रामचन्द्रपुरका निवासी हुन् जो लालगढ़ थाना क्षेत्रको एक बालुवा खदानमा कार्यरत छन्। आइतवार राती दुवै युवक मोटरसाइकलमा सवार भएर खदानदेखि झाड़ग्राम शहर तर्फ गइरहेका थिए। यसै क्रममा बिनपुर थाना क्षेत्रको बेतकुँदरीमा पुगेपछि सड़कमा फूलगुच्छाहरू देखियो। बाइक रोकेर यिनीहरू फूलगुच्छा टिप्न गएका मात्र थिए, मोटरसाइकलमा सवार तीन जना अज्ञात मानिसहरू त्यहाँ आइपुगे जसले दुवैलाई नाम, परिचय तथा पेशाको बारेमा सोध्न थाले।
घाइतेहरू अनुसार परिचय जानेपछि उपद्रवीहरूले उनीहरूलाई त्यहाँबाट जान भने। उनीहरूले मोटरसाइकल चालू गर्नसाथ उपद्रवीहरूले पछाड़िबाट उनीहरूमाथि अन्धाधुन्ध गोली दाग्न शुरू गरे। यस घटना शुभदीप घोषको पिठ्यूँ र देब्रे खुट्टामा अनि अमित मण्डलको देब्रे खुट्टामा गोली लागेको छ।
गोली लागेपछि दुवै युवक सड़कमा मुर्छित परे भने हमलाकारीहरू घटनास्थलबाट भागे। गोली चलेको आवाज सुनेर स्थानीय मानिसहरू तथा उनीहरूका परिचितहरू घटनास्थलमा पुगे अनि दुवैलाई हतार-हतार झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच आरम्भ गरेको छ। पुलिसले यो थाहा गर्ने प्रयास गरिरहेको छ कि हमला पछाड़िको कारण के थियो, हमलाकारीहरू को खिए तथा घटनाको कुनै अन्य मामिलासित कुनै सम्बन्ध छ कि छैन।
घाइते अमित मण्डलले बताए, उनले बुझ्न सकिरहेका छैनन् कि आखिर हमला के कारणले भएको हो। पुलिसले विभिन्न पक्षहरूलाई ध्यानमा राखेर मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा