
गुवाहाटी, 13 जूलाई (हि.स.)। असमको राजधानीको बाहिरी क्षेत्रस्थित राष्ट्रिय राजमार्ग- 27 मा 17 घण्टाभन्दा अधिक समय बितिसक्दा पनि हजारौं वाहनहरू जाममा फसेका छन्। यातायात पुलिसले यातायातलाई सुचारू रूपमा सञ्चालन गर्नको लागि पछिल्लो 17 घण्टादेखिको लगातार प्रयास गरिरहेको छ।
राष्ट्रिय राजमार्गमा बीच-बीचमा पानी जमिएको, हिलो तथा पानीमा डुबेको कारणले खराब भएको वाहन अनि मार्गको एक ठाउँमा पैह्रो गएको कारणले अहिलेघरि यातायात पूर्ण रूपले ठप्प भएको छ। माथिल्लो असम आउने-जाने तथा गुवाहाटी तर्फ आउने-जाने सड़कमा यातायात पूर्ण रूपले बन्द भएको छ।
गए आइतवार अपरान्हदेखि परेको मुसलधारे पानीले गर्दा राती नौ माइलस्थित केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- को ग्रुप सेन्टरको गेट नम्बर- 1 छेउमा पर्खाल भत्किएको कारणले गुवाहाटीदेखि जोराबाट तर्फ जाने राष्ट्रिय राजमार्ग प्रभावित भयो। पर्खालको भग्नावशेष अनि पहाड़बाट रातो माटे बगेर आएको कारणले यातायात नराम्रोसितले प्रभावित भयो।
घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको जोराबाट पुलिस, जोराबाट यातायात पुलिस, अग्निशमनक विभाग औ एसडीआरएफका टीमहरूले राजमार्गमा थुप्रिएको ढुङ्गा-माटोहरूलाई सफा गर्ने पूर्ण प्रयास गरिरहेका छन्। जल जमाउको कारणले राष्ट्रिय राजमार्ग- 27 मा अन्तिम सूचना पाउँदासम्म यातायात पूर्ण रूपले ठप्प रहेको थियो।
पैह्रो गएको समयमा राष्ट्रिय राजमार्गमा जामको कारणले वाहनहरू रोकिएका थिए। भनिन्छ, यदि वाहनहरूको आवागमन अन्य दिन सरह सुचारू रहेको भए धेरै वटा वाहनहरू पैह्रोको चपेटमा पर्नसक्थ्यो। यद्यपि केही वाहनहरू पैह्रोको चपेटमा पर्दा-पर्दै भाग्यले बचेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा