
पश्चिम बर्दवान, 13 जुलाई (हि.स.)। अण्डालदेखि आसनसोल गइरहेको सीमेन्ट लादिएको एउटा ट्रकको टायरमा अचानक आगो लाग्यो। सोमवार भएको यस घटनापछि सड़कमा कोकोहोलो मचियो। ट्करको टायरबाट ह्वार-ह्वारती आगो बलेको देखेर बटुवाहरू भयभित भए।
घटनाको सूचना पाउनसाथ अण्डाल ट्राफिक प्रभारी प्रवीर पाल औ अण्डाल थानाका एसआई शिवशङ्कर च्याटर्जी तत्कालै घटनास्थलमा पुगे। उनीहरूले अलकित पनि ढिला नगरी पानीको व्यवस्था गरेर आगो निभाउने अभियान शुरू गरे। यस अभियानमा सिभिक भोलन्टियर बिरजू गुप्ता, विश्वनाथ चक्रवर्ती औ हेमन्त मित्राले पनि सक्रिय भूमिका निर्वाह गरे। सबैको संयुक्त प्रयासबाट समयमै आगोलाई नियन्त्रण गरियो जसले गर्दा आगो ट्रकका अन्य भागहरूमा फैलिएर ठूलो दुर्घटना हुनदेखि बच्यो।
पुलिसको तत्काल कारबाहीको कारणले सड़कमा यातायात पनि धेर समयसम्म बाधित हुन सकेन। चाँड़ै नै स्थिति सामान्य भयो। राहतको कुरा के छ भने यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।
प्राथमिक रूपमा आशङ्का व्यक्त गरिँदैछ कि टायरमा अत्यधिक गर्मी तथा तकनिकी खराबीको कारणले आगो लागेको हुनसक्छ। तथापि पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा