
कोलकाता, 13 जुलाई (हि.स.)। उत्तर दमदमको बेलघरिया एक्सप्रेसवेस्थित खलिसाकोटा क्षेत्रमा सोमवार सवेरै भएको कथित ग्याङ्ग वारमा कुख्यात उपद्रवी राजा दत्तको गोली दागी हत्या गरियो। घटनामा उसका दुई जना सहयोगीहरू पनि गम्भीर रूपमा घाइते भएका छन्। दुवैको उपचार आर. जी. कर मेडिकल कलेज एवं अस्पतालमा भइरहेको छ। यस मामिलामा पुलिसले अहिलेसम्ममा पाँच जना मानिसहरूलाई हिरासतमा लिसकेको छ।
पुलिस सूत्र अनुसार सोमवार सवेरै राजा दत्त आफ्ना साथीहरूसित खलिसाकोटामा पुगेका थिए। यसै अवधि एक प्रतिद्वन्द्वि अपराधी गिरोहका सदस्यहरू पनि त्यहाँ पुगे। दुई पक्षबीच पहिला भनाबैरी भयो जुन चाँड़ै हिंसक भिड़न्तमा परिणत भयो।
आरोप छ, विरोधी गिरोहले राजा दत्तको पिस्तोल खोसेर उ सहित उसका साथीहरूमाथि पोइन्ट ब्ल्याङ्क रेञ्जबाट गोली दागे। गोली लागेर राजा दत्त र उसका दुई जना साथीहरू गम्भीर रूपमा घाइते भएर सड़कमा मुर्छित परे।
सूचना पाएर खड़दह थाना पुलिसको ठूलो टीम घटनास्थलमा पुग्यो। यद्यपि त्यसबेलासम्ममा हमलाकारीहरू भागिसकेका थिए। पुलिसले तत्कालै घाइतेहरूलाई आर. जी. कर मेडिकल कलेज एवं अस्पतालमा पुऱ्यायो जहाँ चिकित्सकहरूले राजा दत्तलाी मृत घोषित गरिदिए भने उसका दुई साथीहरू अहिले पनि उपाचाराधिन छन्।
पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। बेलघरिया एक्सप्रेसवेको वरिपरी रहेका सीसीटीभी क्यामराको फुटेजको जाँच गरिँदैछ ताकि हमलाकारीहरूलाई चिन्हित गर्न सकियोस्। यस सन्त्राषपूर्ण घटनापछि एकपटक फेरि बेलघरिया एक्सप्रेसवेको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ, किनभने यसअघि पनि यस क्षेत्रमा गोलीकाण्ड भइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा