दुई ग्राम पञ्चायत प्रधान र एक उपप्रधानले एकसाथ राजीनामा दिए
दुई ग्राम पञ्चायत प्रधान र एक उपप्रधानले एकसाथ राजीनामा दिए


जलपाईगुड़ी, 13 जुलाई (हि.स.)। जिल्लाको राजगञ्ज खण्डमा सोमवार दुई जना ग्राम पञ्चायत प्रधानहरू र एकजना उपप्रधानले एकसाथ आ-आफ्नो पदबाट राजीनामा दिए। सुखानी ग्राम पञ्चायतका प्रधान परिमल राय, उपप्रधान इसराइल हक औ माझियाली ग्राम पञ्चायतका प्रधान सुमित दत्ताले राजगञ्जका खण्ड विकास अधिकारी (बीडीओ) कार्यालयमा आ-आफ्नो राजीनामा सुम्पिए।

तीनै जना जनप्रतिनिधिहरूले राजीनामा दिनुको कारण व्यक्तिगत तथा स्वास्थ्य सम्बन्धी समस्याहरू रहेको बताएका छन्। उनीहरूको भनाइ छ, उनीहरू मानिसहरूको सेवा गर्न चाहन्थे, तर निजी परिस्थिति तथा अस्वस्थताको कारणले आफ्नो जिम्मेवारी निर्वहनलाई जारी राख्न सम्भव भइरहेको थिएन। त्यसैले उनीहरूले पद त्याग्ने फसेला गरे।

स्मरण गरािन्छ, वर्ष 2023 -को पञ्चायत चुनाउमा सुखानी ग्राम पञ्चायतका 21 वटा सीटमध्ये 18 वटामा तृणमूल कङ्ग्रेस अनि 3 वटामा भाजपाले जीत दर्ता गराएका थिए। यसरी नै माझियाली ग्राम पञ्चायतका 19 वटा सीटमध्ये 12 वटामा तृणमूल कङ्ग्रेस अनि 6 वटामा भाजपा र एउटामा माकपाले जीत हासिल गरेको थियो।

तीन जना जनप्रतिनिधिहरूले यसरी एकसाथ राजीनामा दिएपछि क्षेत्रमा राजनीतिक चर्चा चुलिएको छ। तथापि राजीनामा दिने सबै नेताहरूले पूर्ण रूपले व्यक्तिगत कारणले यो निर्णय लिएको बताएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande