
सिलीगढ़ी, १३ जुलाई (हि.स.)। लागूऔषध तस्करी विरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत स्पेशल टास्क फोर्स (एसटीएफ) ले सोमवार बिहान ठूलो सफलता हासिल गरेको छ। फाँसिदेवा अन्तर्गत घोषपुकुर–बागडोगरा क्षेत्रको राष्ट्रिय राजमार्ग–२७ मा शंकास्पद चार चक्के सवारी साधन रोकेर तलाशी लिँदा ९२९ ग्राम ब्राउन शुगर जफत गरिएको छ।
यस घटनामा दुई जना कथित लागूऔषध तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेकाहरूको पहिचान राजीब शेख र रशीदुल शेखका रूपमा भएको छ। दुवै जना मालदा जिल्लाका बासिन्दा रहेको बताइएको छ।
एसटीएफ अनुसार, जफत गरिएको लागूऔषध मालदाबाट सिलगढ़ीतर्फ ल्याइँदै थियो। जफत गरिएको ब्राउन शुगरको अन्तरराष्ट्रिय बजार मूल्य करोड़ौं रुपियाँ बराबर रहेको अनुमान गरिएको छ।
घटनापछि एसटीएफले थप अनुसन्धान तथा कानूनी कारबाही अघि बढ़ाइरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी