
गोलाघाट (असम), 13 जुलाई (हि.स.)। तिताबरका भाजपा विधायक धीराज गोवालाले चिया श्रमिकहरूको जमीन खोसिएको आरोपलाई पूर्ण रूपले झुटो र निराधार बताएका छन्। उनले भने, जुन सरकारले 3.5 लाख चिया श्रमिक परिवारहरूलाई भूमिको पट्टा प्रदान गरेको छ, त्यै सरकारमाथि जमीन खोसेको आरोप लगाउनु तथ्यभन्दा टाड़ाको कुरा हो।
काजीरङ्गामा वरिष्ठ पुलिस अधिकारीहरूसित महत्वपूर्ण बैठक गरेपछि पत्रकारहरूसित बातचित गर्दै आज गोवालाले भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले चिया जनजातिको कल्याण एवं विकासको लागि गरिरहेका कार्यहरूलाई देखेर विपक्ष धताएको छ। त्यसैले कतिपय मानिसहरूले सरकारलाई बदनाम गर्न अनि राजनीतिक रूपमा घेर्नका लागि सुनियोजित षड़यन्त्र रचिरहेका छन्।
उनले भने, काजीरङ्गामा प्रस्तावित पाँच तारा हयात होटल तथा चिया जनजाति सांस्कृतिक कलाक्षेत्रको निर्माणलाई लिएर पनि केही तत्वहरूले सुनियोजित ढङ्गमा भ्रम फैलाएर सरकारलाई कठघरामा उभ्याउने प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा