वाराणसी : अदालत परिसरमा अधिवक्ताहरूबीच झड़प, एक जना घाइते
वाराणसी : अदालत परिसरमा अधिवक्ताहरूबीच झड़प, एक जना घाइते


वाराणसी, १३ जुलाई (हि.स.)। उत्तर प्रदेशको वाराणसी जिल्लामा सोमवार अदालत (कचहरी) परिसर केही समयका लागि तनावग्रस्त बनेको छ। अदालत खुलेको केही समयपछि नै जग्गा विवादको विषयलाई लिएर दुई समूहका अधिवक्ताबीच विवाद शुरु भएको थियो। सामान्य भनाभन चाँड़ै नै झड़पमा परिणत हुँदा एक अधिवक्ता घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार, झड़पका क्रममा एक समूहका अधिवक्ता रुद्र कान्त घाइते भए। उनको शरीरबाट रगत बगेको देखेपछि अन्य अधिवक्ताहरूले तत्काल पुलिसलाई खबर गरे।

सूचना प्राप्त भएपछि केन्टको पुलिस टोली घटनास्थलमा पुग्यो। पुलिसले घाइते अधिवक्ता रुद्र कान्तलाई प्राथमिक उपचारका लागि चिकित्सककहाँ लग्यो। त्यसपछि उनको स्वास्थ्य परीक्षण (मेडिकल) गराइयो।

यस सम्बन्धमा क्यान्ट पुलिस थानाका प्रभारी राजकुमारले घाइते अधिवक्ताको मेडिकल परीक्षणपछि लिखित उजुरी लिएर अनुसन्धान गरिने बताएका छन्। अनुसन्धानपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरिने उनले जानकारी दिए।

अदालत परिसरमा अशान्ति सिर्जना गर्ने तथा सार्वजनिक रूपमा झगड़ा र कुटपिटमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानूनी कारबाही गरिने पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande