रथयात्रा समितिहरूलाई 5-5 लाख सरकारी सहायता, श्रावण मेलाको लागि पनि विशेष व्यवस्था गरिनेछ : शुभेन्दु अधिकारी
रथयात्रा समितिहरूलाई 5-5 लाख सरकारी सहायता, श्रावण मेलाको लागि पनि विशेष व्यवस्था गरिनेछ : शुभेन्दु अधिकारी


कोलकाता, 13 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार राज्यका 60 वटा रथयात्रा समितिहरूलाई 5-5 लाख रुपियाँको सरकारी सहायता दिने घोषणा गरे। उनले भने, राज्य सरकारले यस वर्ष रथयात्रा महोत्सवमा प्रशासनिक स्तरमा मात्र नभई सक्रिय रूपमा सहभागी बन्नेछ। मुख्यमन्त्रीले श्रावण महिनामा जलयात्री तथा श्रद्धालुहरूको लागि पनि विशेष सेवाको घोषणा गरे।

मुख्यमन्त्रीले भने, यो सहायता राज्यको सांस्कृतिक एवं धार्मिक परम्पराहरूको संरक्षणसँगसँगै उत्सवहरूमा सरकारको सहभागितालाई दर्शाउनको लागि दिइएको हो। उनले पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारलाई लक्षित गर्दै भने, पहिलाको सरकारको भूमिका यातायात पुलिसकर्मीहरूको तैनाथीसम्म मात्र सीमित रहन्थ्यो जबकि वर्तमान सरकार प्रधानमन्त्री नरेन्द्र मोदीको विकास औ धरोहर -को मन्त्रलाई आधार बनाएर काम गरिरहेको छ।

उनले भने, यसपालि राज्य सरकार रथयात्रा उत्सवमा आधिकारिक औ सक्रिय रूपमा सामेल हुनेछ ताकि यस ऐतिहासिक तथा पारम्परिक आयोजनलाई अझ बढ़ी व्यवस्थित र भव्य बनाउन सकियोस्।

मुख्यमन्त्रीले श्रावण मेलामा जलयात्रीहरूको लागि विशेष सुविधा दिने घोषणा गर्दै बताए, शेवड़ाफुलीदेखि तारकेश्वर धामसम्म जाने मार्गमा प्रत्येक पाँच किलोमीटरको दूरत्वमा सेवा केन्द्र स्थापना गरिनेछ। यस अतिरिक्त तारकेश्वर धामको विकास र सौन्दर्यीकरणका लागि 15 करोड़ रुपियाँतो परियोजनामाथि काम गरिँदैछ।

उनले बताए, जलयात्रीहरूको सुविधाको लागि राज्य सरकारले तीन प्रमुख धार्मिक स्थलहरूलाई सेवा केन्द्रको रूपमा चयन गरेको छ जसमा जलपाईगुड़ीको जाल्पेश मन्दिर, भुटान सीमा निकट जयन्ती क्षेत्रको एक प्रमुख मन्दिर तथा तारकेश्वर धाम सामेल छन्। यी तीनै तिर्थ स्तलहरूको वरिपरी श्रद्धालुहरूलाई आवश्यक सुविधा उपलब्ध गराइनेछ।

मुख्यमन्त्रीले अन्तमा भने, सरकारको उद्देश्य धार्मिक आस्था, सांस्कृतिक विरासत औ विकासलाई साथमा लिएर अगाड़ि बढ़्नु हो ताकि राज्यका प्रमुख धार्मिक आयोजनहरूमा श्रद्धालुहरूलाई उत्कृष्ट सुविधा प्राप्त होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande