जङ्गली हात्तीले अन्नबाली नष्ट गरिदिए किसानहरूले सरकारी सहायता पाउने
जङ्गली हात्तीले अन्नबाली नष्ट गरिदिए किसानहरूले सरकारी सहायता पाउने


नलबाड़ी (असम), 13 जुलाई (हि.स.)। जङ्गली हात्तीहरूले धानको बालीलाई नोक्सान पुऱ्याए असम सरकारले सम्बन्धित किसानहरूलाई सहायता दिने घोषणा गरेको छ। कृषि मन्त्री जयन्त मल्लबरुवाले भने, यदि जङ्गली हात्तीले किसानहरूको धानको खेतलाई नोक्सान पुऱ्याए प्रभावित किसानहरूलाई प्रतिबिघा 8 हजार रुपियाँ सहयोग रासि प्रदान गरिनेछ।

मन्त्रीले सो घोषणा नलबाड़ी जिल्लाको कटाहकुचीमा हात्तीको हमलामा परी ज्यान गुमाउने अनन कलिताको आवासमा पुगेर गरेका हुन्। यस अवधि उनले शोक सन्तप्त परिवारलाई 4 लाख रुपियाँको एकमुष्ठ सहायता राशिको चेक सुम्पिए। उनले शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना पनि व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande