
बोङ्गाईगाउँ (असम), 14 जुलाई (हि.स.)। न्यू बोङ्गईगाउँ रेलवे स्टेशनको छेउमा संदिग्ध अवस्थामा मङ्गलवार बिहान एकजना व्यक्तिको शव भेटियो जसले गर्दा स्थानीय मानिसहरूमा सन्त्राष फैलियो।
शव स्टेशनमा रेलवे वाटर ट्याङ्कको छेउमा झाड़ीहरूको बीचमा भेटिएको हो। जानकारी अनुसार स्थानीय मानिसहरूले सबैभन्दा पहिला शवलाई देखे, त्यसपछि तत्कालै पुलिसलाई सूचना दिए।
पुलिसको एक टीमले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिस अनुसार अहिले नै यो भनिहाल्न मिल्दैन कि यो मामिला हत्या हो वा आत्महत्या, वा कुनै अन्य मामिला।
अन्तिम सूचना पाउँदासम्ममा मृतकको पहिचान हुन सकेको थिएन। अधिकारीहरूले भने, अग्रिम जाँच भइरहेको छ। पोस्टमार्टम रिपोर्ट र फोरेन्सिक जाँचको परिणाम हात लागेपछि मात्र मृत्युको सही कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा