असमः बाढ़ीमा ज्यान गुमाउनेहरूको सङ्ख्या अहिलेसम्मा 4 पुग्यो, 6 वटा जिल्ल्का 37 हजारभन्दा अधिक मानिसहरू प्रभावित
असमः बाढ़ीमा ज्यान गुमाउनेहरूको सङ्ख्या अहिलेसम्मा 4 पुग्यो, 6 वटा जिल्ल्का 37 हजारभन्दा अधिक मानिसहरू प्रभावित


गुवाहाटी, 15 जुलाई (हि.स.)। असममा बाढ़ीको स्थिति लगातार गम्भीर हुँदै गइरहेको छ। असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) अनुसार 15 जुलाईसम्ममा बाढ़ीमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ़ेर 4 पुगेको छ भने प्रभावित मानिसहरूको सङ्ख्या लगभग चार गुणा बढ़ेर 37 हजार 32 पुगेको छ।

बाढ़ीमा मृत्यु भएको ताजा मामिला शोणितपुर जिल्लाको चारीद्वार रेभेन्यू सर्कलबाट सामु आएको छ। एएसडीएमए मुताविक पीड़ित व्यक्ति गत 13 जुलाईको रात बेपत्ता भएका थिए जसको शव गए 14 जुलाईको दिन भेटियो।

ताजा आँकड़ाले बताउँछ, प्रभावित मानिसहरूको सङ्ख्या तीव्र गतिमा बढ़िरहेको छ, किनभने बाढ़ीको पानी राज्यका धेरै वटा भागहरूमा फैलिरहेको छ। अधिकारीहरूले स्थितिमाथि नजर राखिरहेका छन् भने प्रभावित क्षेत्रहरूमा राहत अनि बचाउ कार्य भइरहेको छ।

बाढ़ी प्रभावित गाउँहरूमा शोणितपुर, डिब्रुगढ़, लखिमपुर, धेमाजी, जोरहाट औ शिवसागर जिल्लाका 12 रेभेन्यू सर्कल अधिनस्थ 99 वटा गाउँहरू सामेल छन्। बाढ़ीबाट प्रभावित मानिसहरूको सङ्ख्या 37032 पुगेको छ भने 1103.943 हेक्टेयर फसल पानीमा डुबेको छ। बाढ़ी प्रभावित क्षेत्रहरूमा प्रशासनको पक्षबाट 20 वटा राहत वितरण केन्द्रहरू खोलिएको छ। राहत वितरण केन्द्रहरूको माध्यमबाट 6984 बाढ़ी प्रभावितहरूलाई राहत सामग्री वितरण गरिएको छ।ी

बाढ़ीले गर्दा एउटा कच्चा घर पूर्ण रूपले नष्ट भएको छ भने 72 वटा कच्चा घरहरूलाई आंशिक रूपमा क्षति पुऱ्याएको छ। यता शोणितपुरमा एसडीआरएफले बाढ़ीमा फसेका 16 जना मानिसहरूलाई नौकाको माध्यमबाट सुरक्षित स्थानहरूमा पुऱ्याइएको छ। बाढ़ी प्रभावित शोणितपुरमा एउटा र लखिमपुरमा दुई वटा चिकित्सा टीमहरूलाई तैनाथ गरिएको छ। चार क्षेत्रमा आधारभूत ढाँचालाई नोक्सान पुगेको छ जसमा सड़कहरू सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande