दुई वटा वाहन आपस्तमा ठोक्किएर बालकको मृत्यु, दश जना घाइते
दुई वटा वाहन आपस्तमा ठोक्किएर बालकको मृत्यु, दश जना घाइते


सिलगढ़ी, 19 जुलाई (हि.स.)। सिलगढ़ीदेखि गान्तोक जाने बाटो सेवक रोडको सात माइल छेउमा गए शनिवार राती सेनाको वाहन र अर्को वाहन आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा तीन वर्षीय बालकको मृत्यु भयो। यस दुर्घटनामा सेनाको वाहनमा सवार तीन जना जवान, उनकी पत्नीहरू औ चार जना बाल-बालिकाहरू सहित दश जना घाइते भए।

सबै घाइतेहरूलाई सेवक रोडस्थित एक नर्सिङ्ग होममा लगियो जहाँ डाक्टरहरूले एकजना बालकलाई मृत घोषित गरिदिए। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। विपरीत दिशाबाट आइरहेको सिक्किम गइरहेको वाहनमा सवार यात्रीहरूको बारेमा अहिलेसम्म कुनै पनि जानकारी थाहा पाउन सकिएको छैन। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande