एसआईआर: पाकिममा ‘अनम्याप्ड’ मतदाताको सुनुवाई जारी
पाकिममा एसआईआर प्रक्रिया जारी


पाकिम, 19 जुलाई (हि.स.)। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत ‘अनम्याप्ड’ श्रेणीमा परेका मतदाताहरूको सुनुवाई आज पनि पाकिम जिल्लाका रिनाक र छुजाचेन निर्वाचन क्षेत्रमा सम्पन्न भयो।

सुनुवाईइ सम्बन्धित निर्वाचन दर्ता अधिकृत, सहायक निर्वाचन दर्ता अधिकृत तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकृतहरूद्वारा सञ्चालन भइरहेको छ। थप परीक्षण आवश्यक भएका मतदाताहरूको योग्यताको प्रमाणिकरण गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।

यसैबीच, बुथस्तरीय अधिकारी (बीएलओ) हरूले निर्धारित कार्यतालिकाअनुसार सुनुवाईको सूचना वितरण तथा अन्य तोकिएका कार्यहरू सम्पन्न गरिरहेका छन्। ‘अनम्याप्ड’ तथा ‘लोजिकल डिस्क्रेपेन्सी’ (तार्किक विसंगति) श्रेणीका मतदाताहरूको सुनुवाई निर्धारित कार्यतालिकाअनुसार निरन्तर जारी रहने बताइएको छ।

जिल्ला निर्वाचन कार्यालयले सुनुवाईको सूचना प्राप्त गरेका सबै सम्बन्धित मतदातालाई तोकिएको मिति र समयमा आवश्यक दस्तावेजसहित उपस्थित भई विशेष गहन पुनरीक्षण सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande