ड्यूटी अवधि पुलिसकर्मीले ईयरफोन र हेडफोन प्रयोग गर्न नपाउने, आदेश उल्लङ्घन गरे हुनेछ कड़ा कारबाही
ड्यूटी अवधि पुलिसकर्मीले ईयरफोन र हेडफोन प्रयोग गर्न नपाउने, आदेश उल्लङ्घन गरे हुनेछ कड़ा कारबाही


कोलकाता, 20 जुलाई (हि.स.)। कोलकाता पुलिसले ड्यूटी अवधि पुलिसकर्मीहरूलाई ईयरफोन तथा हेडफोन उपयोग गर्नेमाथि रोक लगाइ दिएको छ। आदेश उल्लङ्घन गर्ने कर्मीहरू विरूद्ध कड़ा विभागीय कारबाही हुने चेताउनी दिइएको छ। यस सम्बन्धमा थाना प्रभारी तथा वरिष्ठ अधिकारीहरूलाई निर्देश जारी गरिएको छ।

पुलिस आयुक्त अजय नन्दको निर्देशमा जारी यस आदेशमा भनिएको छ, ड्यूटी अवधि कुनै पनि पुलिसकर्मीले ईयरफोन वा हेडफोन उपयोग गर्न पाउनेछैन।

कोलकाता पुलिसका एक जना वरिष्ठ अधिकारीले सोमवार बिहान यस आशयको पुष्टि गर्दै भने, हालैमा केही पुलिसकर्मीहरूले ड्यूटीमा मोबाइल फोनमा भीडियो हेरिरहेको तथा ईयरफोन लगाएर सङ्गीत सुनिरहेको देखिएको थियो। यसबाट उनीहरूको सतर्कता प्रभावित भइरहेको थियो। साथै आपतकालीन स्थितिमा तत्काल प्रतिक्रिया दिने क्षमता पनि दुर्बल भइरहेको थियो। यसैलाई ध्यानमा राखेर यो निर्णय लिइएको हो।

कोलकाता पुलिसले स्पष्ट पारेको छ, आदेशलाई बेवास्ता गर्ने कर्मीहरूविरूद्ध कड़ा अनुशासनात्मक कारबाही गरिनेछ। साथै ड्यूटी अवधि लापरवाहीलाई रोक्न अनि आपत स्थितिमा तत्काल प्रतिक्रिया सुनिश्चित गर्नको लागि निगरानी पनि बढ़ाइएको छ।

यसअघि कोलकाता पुलिसले एउटा आदेश जारी गरी विशेष एकाईहरू बाहेक अन्य पुलिसकर्मीहरूलाई ड्यूटीमा सादा पोशाकमा कार्य गर्नदेखि रोक लगाएको थियो।

राज्य सरकारले पुलिस व्यवस्थालाई अधिक अनुशासित औ प्रभावकारी बनाउनको लागि लगातार कदम उठाइरहेको छ। यसै क्रममा पुलिस बलको आधुनिकीकरण, कार्यकुशलता बढ़ाउने औ अनुशासनलाई मजबुत बनाउनेमाथि विशेष बल दिइँदैछ।

मुख्यमन्त्री शुभेन्दु अधिकारीले हालैमा पुलिसकर्मीहरूलाई शारीरिक फिटनेसमाथि ध्यान दिने सल्लाह दिँदै आगामी 6 महिनादेखि एक वर्षभित्रमा राज्यमा 20 हजार पुलिसकर्मी भर्ती गर्ने योजना रहेको घोषणा पनि गरेका थिेए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande