
खरसाङ, 20 जुलाई (हि.स.)। पर्यावरणको संरक्षण र सवंर्धन गर्ने साथै यस विषयमा जनसाधारणलाई सचेत गर्ने उद्देश्य लिएर आयोजित भइरहेको अरण्य सप्ताह अन्तर्गत आज चिम्नी देवराली ग्राम पञ्चायतको तीन माइल बस्ती क्षेत्रमा वृक्षरोपण साथै विभित्र प्रजातिका विरुवाहरु बितरण कार्यक्रम सम्पन्न भयो।
वन विभाग, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सोशियल फरेस्ट्री, खरसाङ रेञ्ज साथै वन संरक्षण समिति, सोशियल फरेस्ट्री, तीन माइल अनि वन संरक्षण समिति वन विभाग खरसाङ डिभिजनको संयुक्त तत्वावधानमा आयोजित यस कार्यक्रममा वन संरक्षण समिति, खरसाङ डिभिजनका सभापति करुणा शेर्पा अनि तीन माइलका ममता विश्वकर्मा अनि सदस्यहरु साथै स्थानीय जनसाधारण र विभागीय कर्मचारीहरुको ब्यापक सहभागिता रहेको थियो।
वन विभाग, सोशियल फरेस्ट्री, खरसाङ रेञ्जका रेञ्ज अफिसर लक्ष्मण राईको अध्यक्षता साथै अगुवाईमा सम्पन्न यस कार्यक्रममा विभिन्न प्रजातिका विरुवा रोपण साथै वितरण गरियो। यस अवसरमा रेञ्ज अफिसर लक्षमण राईले कार्यक्रम आयोजनको औचित्य र महत्त्वमाथि विस्तृतरूपमा प्रकाश पार्दै वन संरक्षण गर्न सबै लागिपर्न आह्वान गरे।
हिन्दुस्थान समाचार / हनोक