केन्द्रिय गृहमन्त्री अमित शाहले मुख्यमन्त्रीसॅंग कुराकानी गर्दै समरदुङ घटनाबारे जानकारी लिए
प्रतीकात्मक चित्र।


गान्तोक, 21 जुलाई (हि.स.)। नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज-६ जलविद्युत परियोजनाको सुरुङमा भएको दुखद घटनालाई लिएर केन्द्रिय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरेर स्थिति र जारी उद्धार प्रयासहरूको समीक्षा गरेका छन्। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्रीले केन्द्रिय गृह मन्त्री अमित शाहलाई एनडीआरएफ र अन्य समर्पित एजेन्सीहरूसँगको समन्वयमा राज्य सरकारले गरिरहेको निरन्तर उद्धार कार्य र प्रयासहरूको बारेमा जानकारी गराएको बताएका छन्। केन्द्रिय मन्त्रीले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै भारत सरकारको तर्फबाट हरेक सम्भव सहयोगको आश्वासन दिएको बताएका छन्।

मुख्यमन्त्रीले यस कठिन समयमा सिक्किमका जनताप्रति निरन्तर सहयोग र चासोको लागि केन्द्रिय गृहमन्त्रीलाई हार्दिक धन्यवाद दिएका छन्।

उल्लेखनीय छ, नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन एनएचपीसीको टिस्टा स्टेज-6 जल विद्युत परियोजनामाको सुरुङमा सोमबार दिउँसो ठूलो दुर्घटना घट्यो। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने मृतकहरूको संख्या बढ्ने सम्भावना व्यक्त गरिएको छ। सुरुङभित्र अझै पनि धेरै श्रमिकहरू फॅंसेका छन् भने राहत एवं उद्धार कार्य जारी छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande