
नाम्ची, 21 जुलाई (हि.स.)। नाम्ची जिल्ला अन्तर्गत समरदुङस्थित एनएचपीसी टिस्टा चरण-6 को सुरुङमा भएको घटनामा मर्ने व्यक्तिहरूको संख्या बढ्ने क्रम जारी रहेको छ। सुरुङबाट थप दुई व्यक्तिको शव उद्धार भएपछि मृतकहरूको संख्या 12 पुगेको छ।
नाम्ची जिल्ला प्रशासनले सॉंझ 6:30 बजीसम्मको अद्यावधिक जारी गर्दै समरदुङ सुरुङ घटनामा मर्ने व्यक्तिहरूको संख्या 12 पुगेको जानकारी गराएको छ। प्रशासनले फसेका बाँकी श्रमिकहरूको खोजी र उद्दार कार्य जारी रहेको बताएको छ।
अर्कातिर, भूमि राजस्व एवं आपदा प्रबन्धन विभाग अन्तर्गत सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले घटनाका प्रभावित परिवारहरूको सुविधाका लागि समर्पित हेल्पलाइन गठन गरेको छ। प्रभावित परिवारहरूले आफन्तको बारेमा जानकारी लिन चाहेको खण्डमा एनएचपीसीका अधिकारी राजीव रन्जन करकेटालाई 98107-07398 मा, नाम्ची जिल्लाका परियोजना अधिकारी सुरज राईलाई 89279-81181, नाम्चीको इमरजेन्सी कण्ट्रोल रुमलाई 03595-263009 मा र एसएसडीएमएलाई 03592-201145/202461/205256 मा सम्पर्क गर्न सक्नेछन्।
उल्लेखनीय छ, नाम्ची जिल्लाको समरदुङमा एनएचपीसीको टिस्टा स्टेज-6 जल विद्युत परियोजनामाको सुरुङमा सोमबार दिउँसो लगभग एक बजी ठूलो दुर्घटना घट्यो। सुरुङभित्र काम चलिरहेको समयमा अचानक कथित मिथेन ग्यास चुहावट हुन थाल्यो।
यस घटनापछि श्रमिकहरू आतङ्कित बने र आफ्नो ज्यान बचाउन सुरुङबाट बाहिरतिर भाग्न थाले। यस क्रममा केही श्रमिकहरू बाहिर निस्कन सफल भए भने केही श्रमिकहरू सुरुङभित्र फस्न पुगे। सुरुङभित्र अझै पनि धेरै श्रमिकहरू फॅंसेका छन्। फसेका मानिसहरूको उद्धारका लागि एनडीआरएफ लगायत राज्य एकाईहरू लागिपरेका छन्।
सुरुङभित्र अझै पनि एनएचपीसीका अधिकारीहरू र श्रमिकहरू फसेको आशंका गरिएको छ। यद्यपि, उनीहरूको संख्या भने स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / बिशाल