भागोप्रमो महकुमा सभापति र पूर्व सभासदसहित 300 जना भाजपामा सामेल
भागोप्रमो महकुमा सभापति र पूर्व सभासदसहित 300 जना भाजपामा सामेल


सोनादा, 21 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन, सोनादा पचेङ समष्टिका पूर्व सभासद महेन्द्र प्रधान लगायत सोनादा पचेङ समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र अन्य पार्टीबाट 300 जना आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएको दाबी गरिएको छ। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको उपस्थितिमा उनीहरूलाई पार्टीमा सामेल गराइएको बताइएको छ।

यस समर्थन कार्यक्रममा भाजपा सोनादा मण्डलका सभापति मिना थापा, मण्डल सचिव भूपति सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए। समर्थन कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष लामाले बङ्गालमा बंगला भाषा अनिवार्य गरे पनि नेपाली बाहुल क्षेत्र विशेष जीटीए क्षेत्रमा नेपाली भाषालाई नै सरकारले प्राथमिकता दिएको जानकारी गराए।

लामाले राशन कार्डबाट नाम काटिएको विषयमा बोल्दै भने, राशन कार्डबाट नामहरु काटियो भन्ने केवल भ्रामक प्रचार प्रसार मात्र हो, कसैको पनि नाम काटिॅंदैन। सरकारको कुनै पनि नोटिफिकेसन आउँदा डराउनु पर्दैन। यो सरकार जनताको सरकार हो। आत्तिनु पर्दैन। राशन कार्डबाट कसैको पनि नाम काटिॅंदैन। उनले भ्रामक कुराहरूमा ध्यान नदिन र आधिकारिक समाचारमाथि विश्वास गर्न निवेदन गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande