सीएपीद्वारा प्रवक्ता अल्बर्ट गुरुङ र महेश राईको पक्राउको कडा निन्दा, तत्काल रिहा गर्नुपर्ने माग
citizen action party


गान्तोक, 21 जुलाई (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले पार्टीका प्रवक्ताद्वय अल्बर्ट गुरुङ र महेश राईलाई 21 जुलाईको साँझ लगभग 7 बजी आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पक्राउ गरेकोमा कडा निन्दा गरेको छ। पार्टीले प्रवक्ताहरूको तत्काल रिहाईको माग पनि गरेको छ।

सीएपी उपाध्यक्ष किरण जिम्बाले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, अल्बर्ट गुरुङ र महेश राईले प्रदेशको खस्कँदै गएको आर्थिक अवस्था, सरकारको वित्तीय व्यवस्थापन र प्रदेशको बजेट प्रस्तुत गर्नमा भएको ढिलाइका बारेमा जायज सार्वजनिक सरोकार राखेर आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरेका छन्। यी धेरै सार्वजनिक महत्वका विषयहरू हुन् र सरकारबाट जवाफ पाउन योग्य छन्।

उनले जब कुनै मान्यता प्राप्त राजनीतिक दलका प्रवक्तालाई सार्वजनिक हितका मुद्दाहरू उठाएकोमा पक्राउ गरिन्छ भने त्यसले प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने प्रत्येक नागरिकलाई डरलाग्दो सन्देश दिन्छ भनी बताएका छन्। उनले अल्बर्ट गुरुङ र महेश राईलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै राजनीतिक विपक्षीहरूलाई निशाना बनाउनका लागि जॉंच एजेन्सीहरूको दुरुपयोग बन्द गर्नुपर्छ भनेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande