
विश्वनाथ (असम), 21 जुलाई (हि.स.)। विश्वनाथ जिल्लामा एउटा लभ जिहादको घटनाले तीव्र आक्रोश औ खैलाबैचा मचाएको छ। सिकायतानुसार नूर हुसैन नामक युवकले आफूलाई राहुल नामक हिन्दू बताएर एकजना हिन्दू नाबालिकालाई मायाको जालमा फसायो, त्यसपछि उसलाई अपहरण गरेर उसित बलात्कार गऱ्यो।
घटना सार्वजनिक भएपछि पुलिसले आरोपी नूर हुसैनलाई पक्राउ गरेको छ। पुलिसले जाँचलाई जारी राखेको । अर्कोतिर यस घटनापछि स्थानीय मानिसहरूले उत्तेरित भएर आरोपीको घरमा आगो लगाइदिए। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसले सम्पूर्ण क्षेत्रमा सुरक्षाको कड़ा बन्दोबस्त गरिदिएको छ। विश्वनाथ पुलिसले यस मामिलामा एक प्राथमिकी दर्ता गरी कानूनी प्रक्रिया शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा