
बाँकुड़ा, 21 जुलाई (हि.स.)। जिल्लाको पात्रसायर थाना क्षेत्रमा एकजना तृणमूल कङ्ग्रेस कार्यकर्ताको कुटेरै हत्या गरिएको आरोप भाजपामाथि लागेको छ। यो घटना सार्वजनिक हुनसाथ क्षेत्रमा तनाउ फैलिएको छ।मृतकको पहिचान मुक्तापुर गाउँका कार्तिक घोषको रूपमा भएको छ।
परिवारजन अनुसार बितेको सोमवार अबेर राती कार्तिक घोष घर फर्किरहेका थिए, यसै अवधि केही मानिसहरूमाथि तिनीमाथि हमला गरे। आरोप छ, हमलाकारीहरूले लौरो, फलामको रड तथा फरुवाले उनीमाथि प्रहार गरे जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए। गम्भीर अवस्थामातिनलाई बाँकुड़ा सम्मिलनी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो जहाँ उपचारको क्रममा तिनको मृत्यु भयो।
स्थानीय सूत्र अनुसार कार्तिक घोष क्षेत्रमा तृणमूल कार्यकर्ताका रूपमा परिचित थिए, यद्यपि अस्वस्थ्यताको कारणले केही समयदेखिको तिनी सक्रिय राजनीतिदेखि टाड़ा थिए। लगभग एक वर्षअघि स्थानीय केही मानिसहरूसित जमीनलाई लिएर तिनको विवाद भएको थियो जसको सिकायत पुलिसमा पनि पुगेको थियो।
मङ्गलवार मृतकको परिवारले आरोप लगायो, यो हत्या जमीन विवादको परिणाम मात्र होइन, राजनीतिक शत्रुताको कारणले गरिएको हो।उनीहरूले घटनाको पछाड़ि स्थानीय भाजपा कार्यकर्ताहरूको हात रहेको दाबी गरेका छन्।
तथापि स्थानीय भाजपा नेतृत्वले उपरोक्त आरोपलाई पूर्ण रूपले खारेज गरेको छ। भाजपा नेताहरूको भनाइ छ, यस घटनाको राजनीतिसित कुनै सम्बन्ध छैन। पार्टीका कुनै पनि कार्यकर्ता यसमा सामेल छैन।पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा