एसडीएफ अध्यक्षले समरदुङ सुरुङ घटनाप्रति दुख व्यक्त गरे
sdf


गान्तोक, 21 जुलाई (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले समरदुङस्थित एनएचपीसी टिस्टा स्टेज 6 सुरुङमा भएको दुखद घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले मृतकहरूको संख्या ११ पुगेको बताउॅंदै ज्यान गुमाउनेहरूका परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

एसडीएफ अध्यक्षले सामाजिक सञ्जाल पोस्टमा आफ्नो विचार र प्रार्थना फसेका श्रमिकहरूसॅंग रहेको बताउॅंदै उनीहरुको चाँडोभन्दा चाँडो सुरक्षित उद्धारको कामना गरेका छन्। उनले यो चुनौतीपूर्ण परिस्थितिमा उद्धारका लागि अथक परिश्रम गरिरहेका सबै निकायहरूको प्रयासको पनि प्रशंसा गरेका छन्।

यस त्रासदीले श्रमिकहरूको सुरक्षा, आपतकालीन तयारी र त्यस्ता उच्च जोखिममा रहेका पूर्वाधार परियोजनाहरूमा पालना गरिएका सुरक्षा प्रोटोकलहरूको बारेमा गम्भीर प्रश्नहरू उठाएको चामलिङले उल्लेख गरेका छन्। उनले उद्धार कार्य पूरा भएपछि त्रुटिहरू पहिचान गर्न र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन स्वतन्त्र छानबिन गरिनुपर्छ भनेका छन्। साथै, यस्ता विपत्तिहरू दोहोरिन नदिनका लागि हरेक सम्भावित उपायहरू अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande