फतेह नगरमा बिहानै आगलागी, दुई वटा एलपीजी सिलेण्डर विस्फोट,आठ जना मानिसहरूलाई दमकलले सुरक्षित निकाल्यो
फतेह नगरमा बिहानै आगलागी, दुई वटा एलपीजी सिलेण्डर विस्फोट,आठ जना मानिसहरूलाई दमकलले सुरक्षित निकाल्यो


नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। पश्चिमी दिल्लीको फतेह नगर क्षेत्रमा मङ्गलवार सवेरै एउटा घरको पार्किङ्गमा लागेको आगोले क्षणभरमै विकराल रूप धारण गऱ्यो। आगोले दुई वटा कार, दुई वटा स्कुटी र ग्राउण्ड प्लस तीन तले घरको तल्लो भागलाई आफ्नो चपेटमा लियो।

आगो बलिरहँदा दुई वटा एलपीजी सिलेण्डर पड़्केर स्थितिलाई झन् भयावह बनायो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। तथापि दमकल कर्मीहरूको तत्परताले 8 जना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो जसबाट ठूलो दुर्घटना हुनदेखि बच्यो।

दिल्ली अग्निशमन सेवा अनुसार बिहान लगभग 3:48 बजे फतेह नगरस्थित डी-177, जेल रोड, रणवीर बेकरीको छेउमा अवस्थित एउटा घरको पार्किङ्गमा आगो लागेको सूचना प्राप्त भयो। सूचना पाउनसाथ दमकलका नौ वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो।

अग्निशमन विभागले अझ बताए मुताविक आगो पार्किङ्गमा राखिएको वाहनहरूदेखि फैलिएर घरसम्म पुग्यो। यसै अवधि घरमा राखिएको दुई वटा एलपीजी सिलेण्डर पड़्क्यो। दमकलकर्मीहरूले अलिकति बनि ढिल्याई नगरी राहत अनि बचाउ कार्य शुरू गरे। घरमा फसेका 8 जना मानिसहरूलाई सुरक्षित बाहिर निकालियो।

अग्निशमन विभागका अधिकारीहरूले लगभग 6 बजे आगोलाई पूर्ण रूपले नियन्त्रण गरे भने बिहान 6:35 बजे 'स्टप फायर' घोषित गरियो। समयमै राहत एवं बचाउ कार्य शुरू गरिएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना छैन।

प्रारम्भिक जाँचमा आगोको शुरूआत पार्किङ्ग क्षेत्रमा भएको थियो। आगलागीको कारण पत्तो लगाउनको लागि जाँच गरिँदैछ। घटनापछि क्षेत्रमा केही समयसम्म भयपूर्ण वातावरण कायम रह्यो। ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू त्यहाँ जुटे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande