सक्रिय मनसुनले पश्चिम बङ्गालमा वर्षाको सिलसिला जारी
Monsoon in Kerala


कोलकाता, 21 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा अहिलेघरि मनसुन पूर्ण रूपले सक्रिय भएको छ। यसको प्रभावले राज्यका अधिकांश भागहरूमै रोकिँदै वर्षा हुने श्रृङ्खला कायम छ जसको फलस्वरूप तापमानमा ह्रास दर्ता गरिएको छ।

मौसम विभाग अनुसार आगामी केही दिनसम्मै राज्यभरिका आकाशलाई बादलले ढाकिरहनेछ भने मेघ गर्जनसितै हल्कादेखि मध्यम तथा कतिपय स्थानहरूमा घना वर्षा हुने सम्भावना छ।

मौसम वैज्ञानिकहरूले बताए मुताविक मङ्गलवार राज्यको अधिकतम तापमान 28 डिग्री सेल्सियसदेखि 32 डिग्री सेल्सियसबीच रहने अनुमान छ भने न्यूनतम तापमान 26 डिग्री सेल्सियस दर्ता हुनसक्छ। गए सोमवार साँझ मेदिनीपुर जिल्लाका विभिन्न क्षेत्रहरूमा मुसलधारे पानी पऱ्यो। खड़गपुर र मेदिनीपुर शहरमा घना वर्षाको कारणले केही स्थानहरूमा जल निकासी व्यवस्था प्रभावित भएको छ। यसले गर्दा सड़कहरूमा जलभराउको स्थिति उत्पन्न भएको छ।

अर्कोतिर बाँकुड़ा जिल्लाको विष्णुपुर तथा झाड़ग्राम जिल्लामा पनि अत्यधिक वर्षा दर्ता गरियो भने पूर्व मेदिनीपुर जिल्लाका केही स्थानहरूमा अविरल वर्षाका कारण बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ भने तल्लो क्षेत्रहरूमा पानी भरिएको समाचार छ। मङ्गलवार बिहानदेखि नै आकाशमा घना बादल लागेको छ जसबाट दिनभरि वर्षा हुने सम्भावना प्रबल भएको छ।

हिमालयको काखमा रहेका जिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी औ अलिपुरद्वारमा मनसुनको प्रभाव सबैभन्दा अधिक देखिँदैछ। मौसम विभागले यी क्षेत्रहरूको लागि अति भारी वर्षाको अलर्ट जारी गरेको छ।

राजधानी कोलकाता तथा यस वरपरका जिल्लाहरू क्रमैले हावड़ा, हुगली औ उत्तर एवं दक्षिण 24 परगनामा बादलहरूको आवागमन कायम छ। दिनभरि रोकिँदै हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। वातावरणमा आद्रताको स्तर 90 प्रतिशतभन्दा अधिक रहेको कारणले पानी परिरहेको भए पनि बाफिने गर्मीको सामना गर्न परिरहेको छ। कोलकाताको अधिकतम तापमान 28-30 डिग्री सेल्सियसबीच रहने सम्भावना व्यक्त गरिएको छ।

दीघा तथा सुन्दरबन सहित तटीय क्षेत्रहरूमा 8-देखि 15 किलोमीटर प्रतिघण्टाको गतिले हावा चलिरहेको छ। यी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षासँगसँगै समुद्रमा हलचल कायम छ। यसलाई ध्यानमा राखेर मछुआराहरूलाई सतर्क रहने तथा समुद्रमा जानअघि मौसम सम्बन्धी ताजा जानकारी लिने सल्लाह दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande