
खरसाङ, 20 जुलाई (हि.स.)। राशन कार्डबाट नामहरु काटिनेहरु कुरा बुझ्न सोमबार खाद्य विभागको कार्यालयमा पुगे। मानिसहरुको राशन कार्डबाट नामहरु काटिएको विषयमा सोमवार राशन उपभोक्ताहरु खरसाङको खाद्य अनि वितरण विभागमा बुझ्न आएका थिए।
मानिसहरुले आफ्नो नाम राशन कार्डबाट काटिएको विषयमा खाद्य अनि वितरण विभागको कार्यालयमा पुगेर बुझ्ने काम गरे। तर, सम्बन्धित विभागका कन्ट्रोलर सोमवार आपतकालीन कारणले अन्यत्र जानु परेकाले खाद्य उपभोक्ताहरुले राखेका जिज्ञासाहरु र प्रश्नहरुका सठीक उत्तर पाउन सकेनन्। यस कारण उपभोक्ताहरुलाई भोलि मंगलवार बिहान आइदिने अनुरोध गरिएको छ।
राशन कार्डबाट नामहरु काटिएका उपभोक्ताहरु आज खरसाङ लगायत घैयाबारी, महानदी, सिविटार साथै अन्य विभिन्न स्थानहरुबाट विभागमा आएका थिए। पत्रकारहरुलाई सम्बोधन गर्दै दिप सन्यासी, अनु प्रधान, दिपराज रसाइली र बिपना विश्वकर्मले मानिसहरुको नाम राशन कार्डबाट किन काटियो भन्ने कुरा बुझ्नका लागि खाद्य विभागको कार्यालयमा आएको बताए।
उनीहरूले भने, कार्यालयमा कन्ट्रोलर नभएकाले यस विषयमा विस्तृत जानकारीका लागि मंगलवार बिहान बोलाएको छ। नाम काटिने सबैलाई बिहान 11 बजी उपस्थित भइदिने अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक