
कोलकाता, 20 जुलाई (हि. स.)। पश्चिम बङ्गालमा अहिलेघरि मनसुन सक्रिय रहेको कारणले सोमवार राज्ययका विभिन्न जिल्लाहरूमा वर्षा हुने सम्भावना छ। मौसम विभाग अनुसार उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहार जिल्लामा अती घना वर्षा हुनसक्छ। अविरल वर्षाका कारण पहाड़हरूमा पैह्रो अनि समतलमा पानी भरिने आशङ्का व्यक्त गरिएको छ।
दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर सहित अन्य जिल्लाहरूमा घना बादल छाइरहने तथा हल्कादेखि मध्यम वर्षा हुने अनुमान लगाइएको छ। कतिपय स्थानहरूमा मेघ गर्जनसितै पानी पर्नसक्छ साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।
मौसम विभागले बताए मुताविक राज्यमा अधिकतम तापमान 31-देखि 32 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 26 डिग्री सेल्सियस लगभग रहनसक्छ। वर्षाको कारणले वातावरणमा आद्रताको स्तर अधिक रहनेछ फलस्वरूप मानिसहरूलाई आद्रताजन्य समस्याहरूको सामना गर्नुपर्नेछ। प्रशासनले उत्तर बङ्गालका संवेदनशील क्षेत्रहरूमा सतर्कता अप्नाउने सल्लाह दिएको छ। लाखौं मानिसहरूलाई प्रतिकूल मौसममा अनावश्यक यात्रा गर्नदेखि बच्ने अनुरोध गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा