
गुवाहाटी, 20 जुलाई (हि.स.)। लगातार परिरहेको पानीले गर्दा माथिल्लो असममा बाढ़ीको स्थिति गम्भीर भएको छ। शिवसागर, जोरहाट, चराइदेव, नाजिरा, आमगुड़ी औ सोनारी सहित केही क्षेत्रहरू जलमग्न भएका छन्। जाजी र दिखौ नदीको जलस्तिर खतराका निशानभन्दा माथि पुगेको छ जसबाट जनजीवन पूर्ण रूपले प्रभावित भएको छ।
मन्त्री बिमल बोराले शिवसागर जिल्लाको चेरेकापाराको दौड़ाह गरी बाढ़ीको स्थितिको जायजा लिनका साथै प्रभावित मानिसहरूसित भेट गरे।उनले राहत अनि बचाउ कार्यहरूको समीक्षा पनि गरे।
जोरहाटमा भोगदोई नदीले विकराल रूप धारण गरेको छ। कतिपय स्थानहरूमा बाँध भत्किसकेको छ भने सड़कहरूलाई व्यापक नोक्सान पुगेको छ। बाढ़ी प्रभावित क्षेत्रका मानिसहरूलाई विभिन्न कठिनाईहरूको सामना गर्न परिरहेको छ।
यसबीच सिमलुगुड़ीपछि नाजिरा–मेजेङ्गा रेलखण्डमा पनि बाढ़ीको गम्भीर प्रभाव परेको छ। पानीको तीव्र प्रवाहको कारणले रेलवे बाँध लगभग आधा भाग काटिसकेको छ। यदि यसरी नै कटाउ जारी रहे कुनै पनि समय रेल लाइन दिखौ नदीमा समाहित हुनेछ। रेलवे प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
अर्कोतिर जोरहाट जिल्लान्तर्गत टियक क्षेत्रमा बाढ़ीले गर्दा कुनै पनि समय माथिल्लो असम र तल्लो असमको यातायात सम्पर्क विच्छेद हुनसक्छ। टियक-काकजान नदीको बढ़्दो जलस्तरले गम्भीर सङ्क उत्पन्न गरेको छ। राष्ट्रिय राजमार्ग-715 मा पानी भरिएको छ। काकजान र द गाउँबीचको फ्लाइओभर ब्रिजका दुवै उप मार्गहरूमा यातायात पूर्ण रूपले ठप्प भएको छ।
यसबीच बादुली पोखरी, दुलिया गाउँमा राष्ट्रिय राजमार्गमाथि पानी बगिरहेको छ। पानीमा डुबेको राष्ट्रिय राजमार्ग भएर नै वाहनहरू माथिल्लो एवं तल्लो असमबीच आवागमन गरिरहेका छन्। टियक र काकजानका 30-35 वटा राजस्व गाउँहरूमा बाढ़ीको पानी पसिसकेको छ। स्थानीय मानिसहरू अनुसार यस आपदाको घड़ीमा अन्तिम सूचना पाउँदासम्ममा जिल्ला प्रशासनका मानिसहरू घटनास्थलमा पुगेका थिएनन्। खोलामा परिणत भएको राष्ट्रिय राजार्ग भएर हल्का वाहनहरू गुड़िरहेको भए पनि अन्य वाहनहरू बीचमै फसेका छन्।
प्राप्त जानकारी अनुसार बाढ़ीको कारणले केही मानिसहरू आफ्नो घर तथा निजी स्थानहरूमा फसेका छन्। स्थानीय मानिसहरू पनि बचाउ अभियाना जुटेका छन्। अर्कोतिर फोर लेन सड़कको विसङ्गतीले गर्दा यस्तो स्थिति उत्पन्न भएको स्थानीय मानिसहरूले आरोप लगाइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा