कार पार्किङ्ग गर्दा भयो दुर्घटना, ठक्कर लागेर व्यक्तिको मृत्यु
कार पार्किङ्ग गर्दा भयो दुर्घटना, ठक्कर लागेर व्यक्तिको मृत्यु


हुगली, 19 जुलाई (हि.स.)। हुगली जिल्लाको चन्दननगरस्थित श्रीपल्ली क्षेत्रमा गए शनिवार साँझ कार पार्किङ्ग गर्दा भएको दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। कार मालिकलाई कार पार्किङ्ग गर्न सिकाउँदा वाहनको चपेटमा परी बुद्धदेव सरकारले ज्यान गुमाए। घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले कार चालक शैबाल साहालाई हिरासतमा लिएर मामिलाको जाँच गर्न शुरू गरेको छ।

स्थानीय सूत्र अनुसार बुद्धदेव सरकारले सेवानिवृत्त सरकारी कर्मचारी शैबाल साहाको कार चलाउँथे। उनले शैबाल साहालाई पहिला नै कार चलाउन सिकाएका थिए भने शनिवार साँझ उनलाई सही ढङ्गमा कार पार्किङ्ग गर्न सिकाइरहेका थिए।

गए शनिवार साँझ दुवै काम सिद्धाएर चन्दन नगरस्थित सुपरस्टिच प्लाजा नामक आवासीय परिसरमा पुगे जहाँ कारलाई ग्यारेजमा पार्क गर्नुथ्यो। त्यसबेला शैबालले कार चलाइरहेका थिए भने बुद्धदेवले बाहिर उभिएर उनलाई पार्किङ्गको सम्बन्धमा निर्देश दिरहेका थिए। सोही समय अचानक कार अगाड़ि बढ़ेर सोझै बुद्धदेवलाई ठक्कर दियो। ठक्कर लाग्नसाथ उनी गम्भीर रूपमा घाइते भएर भुँइमा मुर्छित परे।

स्थानीय मानिसहरूले तत्काल उनलााई टोटो मार्फत चन्दननगर महकुमा अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

घटनापछि मृतकको परिवारको रोएर बेहाल भएको छ। पुलिसले शैबाल साहालाई हिरासतमा लिएको छ भने दुर्घटनाग्रस्त कारलाई जफत गरी चन्दन नगर थानामा लगेर जाँच शुरू गरेको छ।

आवासीय परिसरकी एकजना महिला निवासीले बताइन्, शैबाल साहाले यस परिवरमा वाहन पार्क गर्नका लागाि एउटा ग्यारेज किनेका छन्। शनिवार साँझ लगभग 7 बजे उनी कार लिएर यहाँ आएका थिए। कारलाई ग्यारेजमा पार्क गर्दा बुद्धदेवले बाहिर बसेर उनलाई निर्देश दिरहेका थिए, अचानक कारले उनलाई ठक्कर दियो।

स्थानीय व्यवसायीहरूको भनाइ छ, बुद्धदेव सरकारले नै शैबाल साहालाई ड्राइभिङ्ग सिकाएका थिए भने हिजो उनले कार पार्किङ्ग गर्ने अभ्यास गरिरहेका थिए। यसै अवधि भएको दुर्घटनाले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनाएको छ। पुलिसले मामिलाको सबै पक्षहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande