
जम्मू, 19 जुलाई (हि.स.)। जम्मू-कश्मीरको साम्बामा सेनालाई एउटा ड्रोन फेला परेको छ। यस सीमावर्ती जिल्लामा एक हप्ताभित्रमा यो दोस्रो मामिला हो।
अधिकारीहरूले भने, यस घटन पश्चात सुरक्षा एजेन्सीहरूले निगरानी तथा जाँचलाई तीव्रता दिएका छन्, किनभने उनीहरूले सीमा पारीबाट हुने तस्करी तथा हुसपैठलाई रोक्ने लगातार प्रयास गरिरहेका छन्।
उनीहरूले बताए, टेरिटोरियल आर्मीका जवानहरूले गए शनिवार अबेर राती पुरमण्डल क्षेत्रको सङ्गर खेतबाट संदिग्ध पाकिस्तानी ड्रोनलाई जफत गरे।
अधिकारीहरूले भने, ड्रोनलाई फोरेन्सिक जाँचको लागि पठाइएको छ ताकि त्यो कहाँबाट आएको हो, त्यसको तकनिकी विशेषता के हो तथा त्यसको उपयोग सीमा पारीका गतिविधिहरूको लागि गरिएको थियो आदि जस्ता कुराहरू पत्तो लगाउन सकियोस्।
यसअघि गत 14 जुलाईमा देवक गाउँको छेउमा एउटा खुला खेतबाट एउटा ड्रोनलाई जफत गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा