खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाको बोर्ड गठन : विकास थापा बने सभापति
खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाको बोर्ड गठन : विकास थापा बने सभापति


खरसाङ, 17 जुलाई (हि.स.)। खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड अन्तत: भारतीय जनता पार्टीले गठन गरेको छ। खरसाङ खण्ड पञ्चायत समितिमा अनु छेत्रीले पञ्चायत समिति सभापतिको पदबाट राजीनामा दिएपछि सभापतिको पद रिक्त रहेको थियो। खरसाङ पञ्चायत समितिमा जम्मा 31 जना निर्वाचित पञ्चायत समिति सदस्य सदस्याहरु रहेका छन्। आज 31 जनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई 15 भोट अनि भारतीय जनता पार्टीलाई 17 भोट प्राप्त भएपछि खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाको पञ्चायत समिति बोर्ड गठन गरिएको छ। खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाको नयाँ बोर्ड गठन भएपछि नयाँ पञ्चायत समिति सभापतिको रुपमा विकास थापालाई सर्वसहमतिद्वारा चयन गरिएको छ। उनी खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतका पञ्चायत समिति सदस्य हुन्। त्यसरी नै सहकारी सभापतिमा नारायण थापा नै चयन भएका छन्। खरसाङ पञ्चायत समितिमा भारतीय जनता पार्टीको बोर्ड गठन गरिएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पञ्चायत समिति सदस्य बीरेन्द्र तामाङले खरसाङ पञ्चायत समितिमा रहेका 31 जनामा 17 जनाले भारतीय जनता पार्टीलाई भोट दिएपछि भाजपाको बोर्ड गठन गरिएको बताए। उनले भोलिदेखि भाजपा पार्टीसित बसेर काम शुरु गरिने जानकारी गराए। यस क्रममा पञ्चायत समिति सदस्या दिक्षा तामाङले खरसाङ पञ्चायत समितिमा भाजपाको बोर्ड गठन भएकोमा सबैलाई बधाई दिँदै अब जनताको लागि काम गर्ने बताएकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande