
गान्तोक, 17 जुलाई (हि.स.)। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग अन्तर्गत महिला सशक्तीकरणका लागि जिल्ला हबले आज नान्डोक बीएसीमा कार्यस्थलमा महिलामाथि हुने यौन उत्पीडन (रोकथाम, निषेध तथा प्रतितोष) ऐन, २०१3, दाइजो निषेध ऐन, १९६१ आदि सम्बन्धी सचेतना कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा पञ्चायत अध्यक्ष दिनेश कुमार छेत्री, नानडोक बीएसीका पञ्चायत निरीक्षक, बीएसीका कर्मचारी तथा स्रोत व्यक्तिहरू लाहाङ लिम्बू र स्टेफन राईको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै लैङ्गिक विशेषज्ञ निशा लिम्बूले मिशन शक्तिका उद्देश्यहरू तथा महिला सशक्तीकरणका लागि जिल्ला हब को भूमिकाबारे प्रकाश पारिन्। कार्यक्रमको जिल्ला मिशन समन्वयक बिरेन गिरीले वन स्टप सेन्टर र महिला हेल्पलाइनबारे संक्षिप्त जानकारी दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल