
मुर्शिदाबाद, 17 जुलाई (हि.स.)। जिल्लामा शुक्रवार बिहान आजिमगञ्ज-कटवा रेल खण्डको कर्ण सुवर्ण स्टेशनको छेउमा गोविन्दपुर रेल फाटकमा स्कूल वाहन अनि ट्रेनमाझ भएको ठक्करमा तीन जना स्कूले छात्रहरू सहित पाँच जना मानिसहरूको मृत्यु भएको घटनाप्रति पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गहिरो शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्रीलेआफ्नोएक्स (पूर्व ट्विटर) पोस्टमा भने, यस हृदयविदारक दुर्घटनाले उनी अत्यन्त दुःखी भएका छन्। उनले मृत विद्यार्थीहरूको परिवारजन विशेष गरी उनीहरूका आमा-बुवाप्रति गहिरो संवेदना व्यक्त गर्दै भने, यस अपार दुःखलाई शब्दहरूमा व्यक्त गर्न सकिँदैन। यस कठिन घड़ीमा सम्पूर्ण राज्य शोक सन्तप्त परिवारको साथमा छ।
मुख्यमन्त्रीलेप्रशासनलाईनिर्देश दिएका छन्, घाइते अनि प्रभावित परिवारहरूलाई हरसम्भव सहायता उपलब्ध गराइयोस्। उनले बताए, मन्त्री गौरीशङ्कर घोषले अस्पतालमा पुगेर स्थितिको जायजा लिसकेका छन् भने जिल्ला अधिकारी अनि पुलिस अधीक्षकले बिहानदेखिकै घटनास्थलमा उपस्थित रहेर राहत अनि बचाउ कार्यहरूको निगरानी गरिरहेका छन्।
उनले भने, चिकित्सााधिन सबै घाइतेहरूलाई सर्वोत्तम उपचार उपलब्ध गराइँदैछ। स्वास्थ्य मन्त्री डा. शारद्वत मुखर्जी स्वयं मेडिकल कलेजमाउपचार व्यवस्थाकोनिगरानीगरिरहेका छन्ताकिकुनै पनि प्रकारको अभाव नहोस्।
मुख्यमन्त्रीलेस्पष्टपारे,दुर्घटनामा कुनै पनि प्रकारको लापरवाहीलाी सहन गरिनेछैन। राज्य पुलिसले रेल फाटकको गेटम्यानलाई पक्राउ गरेको छ। घटनाको सबै पाटो र पक्षहरूको विस्तृत जाँच गराइनेछ भने दोषीहरूविरूद्ध कानूनसम्म कड़ा कारबाही गरिनेछ।
मुख्यमन्त्रीलेदुर्घटनामाज्यान गुमाउने सबैको आत्मा शान्तिको लागि प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति आफ्नो संवेदना व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा