पर्यटन सिक्किमको सबैभन्दा ठूलो उद्योगहरू मध्ये एक: पर्यटन मन्त्री
पर्यटन सिक्किमको सबैभन्दा ठूलो उद्योगहरू मध्ये एक: पर्यटन मन्त्री


गेजिङ, 17 जुलाई (हि.स.)। वन तथा वातावरण विभाग अन्तर्गत खाङचेनजोङ्गा राष्ट्रिय निकुञ्ज (केएनपी) लाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गरिएको 10 वर्ष पुगेको छ। केएनपीलाई मिश्रित सांस्कृतिक तथा प्राकृतिक धरोहर श्रेणीमा युनेस्को विश्व धरोहरको रूपमा सूचीकृत गरिएको छ। विश्व धरोहरको मान्यता पाएको एक दशकको सम्झना स्वरूप आज युक्सममा एक कार्यक्रम आयोजन गरियो। यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी भोटिया मुख्य अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा लाभार्थीहरूलाई राज्य सरकारको मेरो रुख मेरो सन्तति पहलको शिशु समृद्धि योजना अन्तर्गत प्रमाणपत्र र पासबुकहरू प्रदान गरियो। वन तथा वातावरण विभागले बाली र पशुधनको लागि किसानहरूलाई अनुग्रह सहायता पनि वितरण गर्योद। युक्सम टेरिटोरियल रेन्ज र युक्सम केएनपी रेन्ज मार्फत ग्रीन इन्डिया मिसन अन्तर्गत विभिन्न स्थानीय गैरसरकारी संस्थाहरू र सामुदायिक संस्थाहरूलाई टेबल र कुर्सीहरू सहित सामाजिक सामानहरू प्रदान गरियो।

मन्त्री भोटियाले आफ्नो सम्बोधनमा युनेस्को मान्यतालाई सिक्किमको लागि ऐतिहासिक कोशेढुङ्गाको रूपमा वर्णन गर्दै जनतालाई शुभकामना दिए। उनले यसको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रकाश पारे भने युनेस्कोको मान्यताले खाङचेनजोङ्गा राष्ट्रिय निकुञ्जको विश्वव्यापी पहिचानलाई बढाएको बताए।

उनले जिम्मेवार र दिगो पर्यटनलाई प्रवर्द्धन गर्दै निकुञ्जको अद्वितीय सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणको महत्त्वलाई जोड दिए। मन्त्रीले स्थानीय सरोकारवालाहरूलाई दिगो रूपमा पर्यावरण-पर्यटन, ग्रामीण पर्यटन र धरोहर पर्यटनलाई सुदृढ पार्न युनेस्को मान्यताको प्रयोग गर्न आग्रह गरे। उनले युनेस्कोको विश्व धरोहर ट्यागले संरक्षण र प्रभावकारी प्रवर्द्धन सँगसँगै पर्यटन, स्थानीय जीविकोपार्जन, उद्यमशीलता र रोजगारीको लागि अपार अवसरहरू प्रदान गर्दछ भनी बताए।

मन्त्री भोटियाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा मेरो रुख मेरो सन्तती र मेरो रुख मेरो बहिनी लगायत राज्य सरकारको प्रमुख संरक्षण र पर्यारणीय पहलहरूमाथि पनि प्रकाश पारे र प्रत्येक नागरिकलाई, विशेष गरी स्थानीय समुदायलाई संरक्षण प्रयासहरूमा सक्रिय रूपमा भाग लिन आह्वान गरे। पर्यटनलाई सिक्किमको सबैभन्दा ठूलो उद्योगहरू मध्ये एक बताउॅंदै उनले राज्यभर पर्यटन पूर्वाधार सुधार गर्न सरकारको चलिरहेको पहलहरूको बारेमा जानकारी गराए।

उल्लेखनीय छ, १७ जुलाई २०१६ मा मिश्रित सांस्कृतिक तथा प्राकृतिक सम्पदा श्रेणी अन्तर्गत खाङचेनजोङ्गा राष्ट्रिय निकुञ्जलाई युनेस्कोको विश्व धरोहर सूचीमा सूचीकृत गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande