
गुवाहाटी, 18 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवलाई उनको जन्मदिनमा असमवासीहरूको पक्षबाट हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले सोशल मीडियामा जारी सन्देशमा भने, वैष्णवको सशक्त नेतृत्वमा भारतीय रेलको आधुनिकीकरण, सूचना प्रौद्योगिकी एवं इलेक्ट्रोनिक्स विनिर्माणको माध्यमबाट देशको डिजिटल परिवर्तन तथा सूचना एवं प्रसारण क्षेत्रले नयाँ गति पाएको छ।
डा. सरमाले भने, अश्विनी वैष्णव हरेक आवश्यकतामा असमका मानिसहरूको साथमा रहेका छन्। उनले माँ कामाख्या अनि श्रीमन्त शङ्करदेवसित केन्द्रिय मन्त्रीको सुस्वास्थ्य, सुख-समृद्धि औ उज्ज्वल भविष्यको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा