उधमपुरमा अमरनाथ यात्रीहरूको वाहन ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त, चार जना यात्री घाइते
उधमपुरमा अमरनाथ यात्रीहरूको वाहन ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त, चार जना यात्री घाइते


उधमपुर, 18 जुलाई (हि.स.)। शनिवार उधमपुरमा जम्मू-श्रीनगर नेशनल हाइवेमा अमरनाथ यात्रीहरूको वाहन एउटा खड़ा

ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा न्यूनतम चार जना यात्रीहरू घाइते भए। यो दुर्घटना सङ्गुर चौकमा भएको हो जतिबेला बालटाल बेस क्याम्प तर्फ गइरहेका यात्रीहरूले भरिएको टोयोटा इनोभा सड़क किनारमा खड़ा डम्परसित पछाड़िबाट ठोक्कियो।

ठक्कर लागेको तत्कालैपछि पुलिसकर्मीहरूले घटनास्थलमा पुगेर घाइते यात्रीहरूलाई तत्कालै उधमपुरको गभर्नमेन्ट मेडिकल कलेज (जीएमसी)- को एसोसिएटेड हस्पिटलमा भर्ती गराए। पुलिसले मामिला दर्ता गरी दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ। विस्तृत जानकारीको प्रतीक्षा छ।

बताइन्छ, यात्रीहरूको सुरक्षित आवात-जावतलाई सुनिश्चित गर्नका लागि जम्मू-श्रीनगर नेशनल हाइवेमा सुरक्षा बढ़ाइएको छ जसमा नियमित नाइट डोमिनेशन एक्सरसाइज़, क्विक रेस्पन्स टीमको बढ़ेको पेट्रोलिङ्ग औ महत्वपूर्ण स्थानहरूमा वाहनहरूको गहन जाँच सामेल छन्। सुरक्षा बलहरूको टीमले व्यापक रूपमा निगरानी तथा जाँच अभियान सञ्चालन गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande