
गुवाहाटी, 18 जुलाई (हि.स.)। असम पुलिसले डिब्रुगढ़ जिल्लाको टिङ्गखोङ्ग थाना अन्तर्गत नाहरकटिया क्षेत्रमा मादक पदार्थ विरोधी विशेष अभियान अन्तर्गत 1.35 किलोग्राम हेरोइन, 14.06 लाख रुपियाँ नगद तथा दुई वटा चार चक्के वाहन जफत गरेको छ। मामिलाको जाँच भइरहेको छ। साथै ड्रग तस्करीसित जोड़िएको नेटवर्कको पत्तो लगाउने प्रयास गरिँदैछ। पक्रा पर्ने दुवै आरोपी पति-पत्नी रहेको बताइएको छ जसको पहिचान मनोज गोगोई एवं गुलापी गोगोईको रूपमा गरिएको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उक्त कारबाहीको सराहना गर्दै भने, यो अभियान राज्य सरकारको नशा व्यापर विरोधी दृढ़ प्रतिबद्धको प्रमाण हो। उनले भने, असममा मादक पदार्थहरूको तस्करीविरूद्ध पुलिसको अभियान आगामी दिनमा पनि पूर्ण कड़ाईको साथमा निरन्तर जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा