
कोलकाता, 18 जुलाई (हि.स.)। सिस्टर निवेदिता यूनिभर्सिटी (एसएनयू)- को विधि विभाग औ सिटिजन्स फर जस्टिस (सी4जे)- को संयुक्त तत्वावधानमा शुक्रवार यूनिफर्म सिभिल कोड (यूसीसी) विषयमा एक सेमिनार आयोजना गरियो। यस कार्यक्रममा न्यायपालिका, विधि विशेषज्ञ, शिक्षक अनि विद्यार्थिहरूले भाग लिएर यूसीसीको संवैधानिक, ऐतिहासिक एवं न्यायिक पक्षहरूलाई लिएर विस्तार पूर्वक चर्चा गरे।
कार्यक्रमको उद्घाटन एसएनयूका कुलपति प्रो. अनुपम बसुले गरे। उनले भने, परिवर्तनशील कानूनी एवं संवैधानिक विषयहरूमा अकादमिक विमर्शले विद्यार्थीहरूलाई व्यापक दृष्टिकोण प्रदान गर्छ। कार्यक्रमको शुरूआत सिटिजन्स फर जस्टिसका संयुक्त सचिव अधिवक्ता राजर्षि हलदारको स्वागत भाषणबाट भयो। यस अवसरमा संस्थाका ट्रस्टी किन्सुक पल्लव विश्वास पनि उपस्थित थिए।
मुख्य वक्ता कलकत्ता हाई कोर्टका पूर्व न्यायाधीश न्यायमूर्ति (डा.) सम्बुद्ध चक्रवर्तीले यूनिफर्म सिभिल कोडको ऐतिहासिक परिप्रेक्ष्यमाथि विस्तार पूर्वक प्रकाश पार्दै अघि भने, यूसीसीमाथि वर्तमानमा भइरहेको बहस कानून मात्र नभएर सामाजिक एवं संवैधानिक महत्वको विषय पनि हो। उनले यसको ऐतिहासिक विकास, संवैधानिक दायित्व औ वर्तमान परिदृश्यको विश्लेषण गर्दै यस विषयमा रचनात्मक संवाद हुन आवश्यक रहेको बताए।
विधि विशेषज्ञ प्रो. (डा.) प्रेम कुमार अग्रवालले यूसीसीको दिशामा न्यायपालिकाको महत्वपूर्ण पक्ष विषयमा आफ्नो विचार राखे। उनले सर्वोच्च न्यायालयका विभिन्न महत्वपूर्ण निर्णयहरूको उल्लेख गर्दै भने, न्यायालयले समय-समयमा व्यक्तिगत कानूनहरूमा समानता अनि सुधारका आवश्यकतामाथि बल दिँदै आइरहेको छ। उनले ट्रिपल तलाक मामिलाको फसेला तथा त्यसको कानूनी प्रावधानको व्याख्या पनि गरे। साथै उनले स्पष्ट पारे, धर्म व्यक्तिको आस्थाको विषय हो भने कानूनको उद्देश्य सबै नागरिकहरूका लागि समानता, न्याय औ संवैधानिक अधिकारहरूको रक्षा सुनिश्चित गर्नु हो।
दुवै वक्ताहरूले यसमाथि बल दिए, यूनिफर्म सिभिल कोडको क्रियान्वयन व्यापक सम्वाद, सामाजिक सहमति तथा संविधानको प्रस्तावनामा निहित न्याय, समानता औ गरिमाका मूल्यहरूलाई ध्यानमा राखेर गरिनुपर्छ।
विद्यार्थि अनि शिक्षकहरूले कार्यक्रमको प्रश्नोत्तर एवं सम्वाद सत्रमा सक्रिय सहभागिता जनाए जसले सेमिनारलाई अझ बढ़ी सार्थक एवं जीवन्त बनायो। अन्तमा विधि विभागकी विभागाध्यक्ष प्रो. (डा.) बन्हिता बोसले धन्यवाद ज्ञापन गर्दै मुख्य अतिथिहरू, कुलपति, डीन, सङ्काय सदस्यहरू, विद्यार्थिगण तथा आयोजनसित सम्बन्धित मानिसहरूप्रति आभार व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा