
गुवाहाटी, 20 जुलाई (हि.स.)। रातभरि परेको मुसलधारे पानीले गर्दा सोमवार बिहान गुवाहाटीका केही क्षेत्रहरू पानीमा डुबेर गम्भीर स्थिति उत्पन्न भएको छ। शहरका विभिन्न भागहरूमा कृत्रिम बाढ़ जस्तै स्थिति उत्पन्न भएको छ जसबाट जनजीवन प्रभावित भएको छ।
गुवाहाटीका जोराबाट, बेहारबाड़ी, अहोम गाउँ, हात्ती गाउँ, गड़चुक, सर्वे, माली गाउँ, जालुकबाड़ी, चाँदमारी, शिलपुखुरी, तरुण नगर, अनिल नगर औ नवीन नगर सहित केही क्षेत्रहरूका सड़कहरूमा घुँंड़ा-घुँड़ासम्म पानी भरिएको छ।
जलभराउको कारणले मानिसहरूलाई खोला तरे झैं सड़कहरूमा आवागमन गर्न परिरहेको छ भने केही स्थानहरूमा यातायात प्रभावित भएको छ। लगातार पानी परिरहेकोले प्रशासनले स्थितिमाथि नजर राखेको छ। आगामी दिनमा अझ पानी पर्ने सम्भावना व्यक्त गरिएको छ जसबाट स्थिति अझ् गम्भीर हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा