टीएसपीसीका हार्डकोर उग्रवादी नरेश गञ्झु पक्राउ
टीएसपीसीका हार्डकोर उग्रवादी नरेश गञ्झु पक्राउ


चतरा, 20 जुलाई (हि.स.)। प्रतिबन्धित उग्रवादी सङ्गठन तृतीय सम्मेलन प्रस्तुति कमिटी (टीएसपीसी) विरूद्ध चतरा पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले सङ्गठनका हार्डकोर उग्रवादी नरेश गञ्झु उपनाम रविकान्तलाई लावालौंग क्षेत्रबाट पक्राउ गरेको छ। उनी चतरा जिल्लाको लावलौंग थाना क्षेत्रकै वासिन्दा हुन्। पक्रा पर्ने उग्रवादी टीएसपीसी सुप्रीमो ब्रजेश गञ्झुको निकटवर्ती तथा तिनका प्रमुख सहयोगी रहेको बताइएको छ। यस पक्राउको पुष्टि एकजना वरिष्ठ अधिकारीले सोमवार गरेका छन्।

सूत्र अनुसार वरिष्ठ पुलिस अधिकारीले नरेश गञ्झु उपनाम रविकान्तलाई गुप्त स्थानमा राखेर जाँचबुझ गरिरहेका छन्। भनिन्छ, जाँचबुझमा टीएसपीसीको नेटवर्क, हतियारहरूको ठेगाना, लेवी असुली तथा सङ्गठनका गतिविधिहरूसित सम्बन्धित केही महत्वपूर्ण खुलासा हुनसक्छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने उग्रवादी रविकान्तले टीएसपीसीको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए साथै तिनी सङ्गठनका शीर्ष नेतृत्वको सम्पर्कमा थिए। तिनी पछिल्लो लामो समयदेखिकै झारखण्ड पुलिसका मोस्ट वान्टेड उग्रवादीहरूमा सामेल थिए। यस अवस्थामा तिनको पक्राउलाई टीएसपीसीको लागि ठूलो झट्का मानिँदैछ। रविकान्तबाट हतियार पनि जफत गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande