केशियाड़ीमा विद्वत सम्मेलन, नागरिक कर्तव्य एवं राष्ट्र चेतनामाथि मन्थन
केशियाड़ीमा विद्वत सम्मेलन, नागरिक कर्तव्य एवं राष्ट्र चेतनामाथि मन्थन


मेदिनीपुर, 20 जुलाई (हि. स.)। विवेकानन्द विद्या विकास परिषदद्वारा केशियाड़ी सङ्कुलको विद्वत सम्मेलन गए आइतवार साँझ गोपालपुर स्थित राधाबल्लभ हाती स्मृति सरस्वती शिशु मन्दिरमा आयोजना गरियो।

सम्मेलनमा शिक्षा, संस्कार, राष्ट्रिय चेतना औ नागरिक कर्तव्यका विषयहरूमाथि विस्तार पूर्वक विचार-विमर्श गरियो।

कार्यक्रमको अध्यक्षता शिशु मन्दिरका अध्यक्ष अर्धेन्दु शेखर महापात्रले गरेका थिए भने सञ्चालन केशियाड़ी खण्डका कार्यवाह दुलाल दासले गरेका थिए। सम्मेलनमा 'प्र छाया' पत्रिकाका सम्पादक ब्रजगोपाल पाड़्या, बेलदा महाविद्यालयका प्राध्यापक डा. आशुतोष हेमरम, कुलटिकरी महाविद्यालयका प्राध्यापक सहित अनेकौं शिक्षाविद् एवं गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

सम्मेलनका प्रमुख वक्ताहरूमा पश्चिम मेदिनीपुर सामाजिक समरसताका जिल्ला संयोजक अभिमन्यु गुप्ता पनि सामेल थिए। उनले आफ्नो बौद्धिक उद्बोधनमा नागरिक कर्तव्य, राष्ट्रप्रतिको दायित्व एवं सामाजिक समरसताका महत्वमाथि सविस्तार प्रकाश पारे। उनले भने, अधिकारहरूसँगसँगै प्रत्येक नागरिकले आफ्नो कर्तव्यलाई पनि निष्ठापूर्वक पालन गर्नुपर्छ। उनको उद्बोधन आदर्श, राष्ट्रभावना औ सामाजिक उत्तरदायित्वमाथि आधारित रह्यो जसलाई उपस्थित जनहरूले गम्भीर रूपमा सुने।

वक्ताहरूले भने, वर्तमान समयमा विद्यार्थीहरूबीच मूल्यपरक शिक्षा, चरित्र निर्माण तथा भारतीय संस्कृति आधारित शिक्षण व्यवस्थालाई सुदृढ़ बनाउन आवश्यक छ। उनीहरूले समाज तथा शिक्षण संस्थानहरूको समन्वित प्रयासबाट राष्ट्र निर्माणको भावना अझ मजबुत बन्नेमाथि बल दिए।

सम्मेलनमा केशियाड़ी सङ्कुलका विभिन्न विद्यालयहरूकाका शिक्षकगण्, शिक्षाविद्हरू, अभिभावकगण एवं शिक्षाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande