राजस्थानमा शहीद भएका सैनिकलाई शान्तिपुरमा दिइयो अन्तिम विदाई
राजस्थानमा शहीद भएका सैनिकलाई शान्तिपुरमा दिइयो अन्तिम विदाई


नदिया, 20 जुलाई (हि. स.)। जिल्लाको शान्तिपुर थाना क्षेत्रको डोङ्गखिरा निमतला पाड़ा निवासी भारतीय सेनाका जवान कनाई सरकारको पार्थिव शरीरलाई सोमवार तिरङ्गामा लपेटेर उनको पैतृक घरमा ल्याइयो। पार्थिव शरीर घरमा आइपुग्नसाथ परिवार तथा सम्पूर्ण क्षेत्रमा शोक फैलियो। हजारौं मानिसहरूले उनलाई अश्रुपूर्ण अन्तिम श्रद्धाञ्जली दिए।

परिवार अनुसार कनाई सरकार पछिल्लो 26 वर्षदेखिकै भारतीय सेनामा कार्यरत थिए भने वर्तमानमा उनी राजस्थानको जोधपुरमा थैनाथ थिए। बितेको शुक्रवार राति सदा जस्तै उनी ड्यूटी सिद्ध्याएर आफ्नो कोठामा सुत्न गए। शनिवार बिहान उनलाई चिया पिउनको लागि उठाउँदा कुनै प्रतिक्रिया नआएपछि सहकर्मीहरूले उनलाई हतार-हतार नजिकैको अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

मृतककी भाउज्यु झुमा सरकारले बताइन्, सबैभन्दा पहिला यस दुःखद गटनाको सूचना बलागढ़का एक जना सेवानिवृत्त सैनिकले फोनमा दिए जसले पहिला कनाईसँगै काम गरिरहेका थिए। उनले बताइन्, सेनाका अधिकारीहरूले परिवारलाई जानकारी दिएका छन्, कनाईको मृत्यु अन्य कारणले नभएर अचानक भएको शारीरिक अस्वस्थ्यताको कारणले भएको हो।

सेनाको पक्षबाट कनाई सरकारलाई पूर्ण सैन्य सम्मानको साथमा अन्तिम विदाई दिइयो। उनको पार्थिव शरीरमा तिरङ्गा ओढ़ाएर, पुष्पचक्र अर्पित गरियो अनि गन स्याल्युट दिएर राष्ट्रको पक्षबाट उनलाई अन्तिम सलामी दिइयो। गाउँ तथा यस वरपरका क्षेत्रहरूबाट ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना वीर सपूतलाई अन्तिम श्रद्धाञ्जली दिन आएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande