ड्रग्स तस्करीमा सामेल तस्करलाई समातियो
ड्रग्स तस्करीमा सामेल तस्करलाई समातियो


तिनसुकिया (असम), 20 जुलाई (हि.स.)। तिनसुकिया जिल्लाको जागुनमा ड्रग्स विरोधी अभियान अन्तर्गत पुलिसलाई ठूलो सफलता हासिल भएको छ। पुलिस सूत्रले आज बताएको छ, लेखापानी र जागुन पुलिसको संयुक्त टीमले एक सुनियोजित अभियान चलाएर कथित ड्रग्स व्यापारी राजेन चारुकियालाई पक्राउ गऱ्यो भने उसको कब्जाबाट 24.37 ग्राम प्रतिबन्धित ड्रग्स, 1.50 लाख रुपियाँ नगद तथा तस्करीमा प्रयुक्त एउटा लग्जरी कार र एउटा स्कुटीलाई जफत गऱ्यो।

पुलिस सूत्र अनुसार आरोपी लामो समयदेखिकै मादक पदार्थको अवैध व्यापारमा संलिप्त थियो। गुप्त सूचनाको आधारमा पुलिसले उसको ठेगानामा छापामारी गऱ्यो जसमा भारी मात्रामा प्रतिबन्धित ड्रग्स र नगद जफत गरियो। यस मामिलामा आरोपीलाई घटनास्थलबाटै पक्राउ गरियो।

जाँचमा थाहा लागे अनुसार आरोपीकी पत्नी वर्षा चारूकिया पनि कथित रूपमा यस अवैध व्यापारमा सक्रिय रूपमा सामेल थिइन्। तथापि पुलिस आएको सुइँको पाएर उ घरको पछिल्लो ढोकाबाट भाग्न सफल भई। उसलाई पक्राउ गर्नको लागि पुलिसले सम्भावित ठेगानाहरूमा लगातार छापामारी गरिरहेको छ।

पुलिसले ड्रग्स तस्करीमा उपयोग गरिएको एएस-04ए-8991 नम्बरधारी लग्जरी कार औ एएस-23एई-0239 नम्बरधारी स्कुटीलाई पनि जफत गरेको छ। जफत गरेको नगदलाई ड्रग्सको व्यापारबाट आर्जित मान्दै त्यसको श्रोतको पनि पत्तो लगाउन जाँच गरिरहेको छ।

लेखापानी औ जागुन पुलिसद्वारा संयुक्त रूपमा सञ्चालित यस मादक पदार्थ विरोधी अभियानको नेतृत्व एकजना वरिष्ठ पुलिस अधिकारीले गरेका थिए। पुलिसले अब आरोपीसित जाँचबुझ गरी सम्पूर्ण ड्रग्स नेटवर्क, त्यसको सप्लायर औ अन्य सम्भावित सहयोगीहरूलाई चिन्हित गर्न जुटेको छ। अधिकारीहरूको भनाइ छ, मामिलाका आरोपीहरू विरूद्ध कानून अन्तर्गत कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande