
सिलगढ़ी, 20 जुलाई (हि. स.)। सिलगढ़ी नगरनिगमको वार्ड नम्बर 28- मा अतिक्रमण नोटिसको विरोधमा सोमवार वामपन्थी दलको नेतृत्वमा स्थानीय निवासीहरूले प्रदर्शन गरे। प्रदर्शनकारीहरूले माग गरे, पछिल्लो लामो समयदेखिकै बसोबास गर्दै आइरहेका परिवारहरूलाई बेदखल गर्नअघि वैकल्पिक पुनर्वासको उचित व्यवस्था गरियोस्।
प्रदर्शनकारीहरूको भनाइ छ, रेलवेको जमीनमा वर्षौंदेखिको बसोबास गर्दै आइरहेका परिवारहरूलाई पुनर्वास बिना बेदखल गर्नु मानवीय दृष्टिले उचित होइन। उनीहरूको आरोप छ, अचानक बेदखलीबाट सैकड़ौं मानिसहरूको शिरबाट छानो खोसिनेछ र उनीहरूको आजीविकामाथि गम्भीर प्रभाव पर्नेछ।
आन्दोलन अवधि प्रतिनिधिमण्डलले रेलवे अधिकारीहरूलाई ज्ञापन सुम्पिएर पुनर्वास सुनिश्चित नगरी कुनै पनि प्रकारको बेदखली कारबाही नगर्ने माग गऱ्यो।
प्रदर्शनकारीहरूले चेताउनी दिए, यदि उनीहरूको मागमा चाँड़ै सकारात्मक निर्णय नलिइए आगामी दिनमा व्यापक रूपमा आन्दोलन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा